सवारी साधनका शोरुम तीन दिन खुल्ने, जोर विजोरमा सवारी साधन चल्न पाउने

काठमाडौं । आज बसेको उपत्यका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले आइतवार, मंगलबार र विहिबार सवारी साधनका शोरुम र त्यसमा लाग्ने पाटपुर्जा विक्री कक्ष खुल्ला गर्न पाउने व्यवस्था गरेको छ ।

स्थानीय प्रशासनले असार ११ गतेसम्मका् लागि यो व्यवस्था गरेको हो । साथै, निजी सवारी साधन र भाडमा चल्ने ट्याक्सी पनि जोर विजोरको आधारमा खुल्ला गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै भोलिदेखि सडकमा सवारी साधन चल्ने छन् भने आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।

स्थानीय प्रशासनले बार तोकेर खुल्ला गरेका व्यवसाय विहान ११ बजेदखि बेलुका ४ बजेसम्म संचालन हुने छन् ।


Back_to_top