हुन्डाई नयाँ भर्नाको बुकिङ खुला, आगामी महिना सार्वजनिक हुने  

काठमाडौं । हुन्डाई मोटर इन्डिया लिमिटेडले भारतमा न्यू जेनेरेसन भर्नाको टिजर सार्वजनिक गरेको छ । कम्पनीले यसलाई आगामी महिनामै विक्री वितरण गर्ने गरी बुकिङ समेत खुला गरेको हो ।

नयाँ भर्ना भारतका सडकमा केहीपटक परीक्षणका क्रममा देखिएको थियो । कम्पनीले नयाँ भर्नामा १.५ लिटर पेट्रोल टर्बो र १.५ लिटर एमपीआइ इन्जिनको विकल्प दिएको छ । यसले १६० पीएस र २६० एनएम टर्क उत्पादन गर्छ । यसमा रहेको १.५ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले ११३ ब्रेक हर्स पावर र १४४ एनएम टर्क प्रदान गर्छ ।

नयाँ भर्ना ईएक्स, एस, एसएक्स र एसएक्स ओ गरी विभिन्न ४ भेरियन्टमा उपलब्ध हुनेछ। यसलाई ७ मोनोटोन कलर र  २ डुअल टोन एक्सटेरियर कलर अप्सन पाउन सकिन्छ ।

यसको इन्टेरियरमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने कनेक्टिभिटी, सनरुफ, फुल–डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, एडीएएस आधारीत ड्राइभर एसिस्ट सिस्टम, क्लाइमेट कन्ट्रोल र ठूलो टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम लगायत फिचर्ससहित आउने भएको छ ।


Back_to_top