काठमाडौं । टाटाको सफल एसयूभी नेक्सन केथ्री मोडलको नेपालमा बुकिङ खुला भएको छ ।
नेपालको लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी टेडिङले आज एक कार्यक्रमका बीच केथ्री ईभीको बुकिङ खुला गरेको हो ।
कम्पनीले नेक्सन केथ्री मोडलको इन्टोडक्टरी प्राइस ४८ लाख ९९ हजार रुपैयाँ तोकेर बुकिङ खुला गरेको छ ।
नेक्सनको फेसलिफ्टेड मोडल केथ्रीमा ठूलो पानारोमिक सनरुफ, मोर्डन ड्यासबोर्ड, नयाँ स्टेरिङ ह्वील, क्लोजअफ ग्रिलसहित, ३६० डिग्री क्यामरा पनि उपलब्ध छ ।

नेक्सन केथ्रीमा ९८ किलोवाट क्षमताको मोटर जडान छ । नेक्सनको यो भेरियन्टमा ४५ किलोवाट आवरको ब्याट्रीप्याक रहेको छ ।टाटाले नेक्सन केथ्रीसँग ७.२ किलोवाटको चार्जर दिने जनाएको छ ।

नेक्सन ईभीमा १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, ३५० लिटरको बुट स्पेस रहेको छ । नेक्सन केथ्री ईभी भारत एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाउन सफल भएको मोडल हो ।




