काठमाडौं । भारतीय विद्युतीय दुईपाँग्रे उत्पादक कम्पनी ओलाले जेन ३ स्कुटर सार्वजनिक गरेको छ । ओलाले एस १ सिरिजको जेन ३ भर्सन सार्वजनिक गरेको हो ।
ओलाले ल्याएको जेन ३ स्कुटरको टप रेन्ज ३२० किलोमिटर र टप स्पीड क्षमता १४१ किलोमिटर प्रतिघण्टा रहेको छ ।
कम्पनीले जेन ३ स्कुटरको डिजाइनमा नै परिर्वन ल्याएको छ भने, पुरानोको तुलनामा ५३ प्रतिशत पावर वृद्धि गर्नुका साथै, इनर्जी इफिसियन्सी १० प्रतिशतले वृद्धि भएको छ । यसको मूल्यमा समेत ३१ प्रतिशतले सस्तिएको कम्पनीको दाबी छ ।
कम्पनीले ओला एस १ एक्समा २ किलोवाट अवार, तीन किलोवाट आवर र ४ किलोवाट आवरको ब्याट्रीप्याकका साथै ७ किलोवाट आउटपुट दिने मोटर दिएको छ । यसको टप स्पीड क्षमता १२३ किलोमिटर प्रतिघण्टा रहेको छ भने, २४२ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।
त्यस्तै, ओला एक्स १ प्लसमा ११ किलोवाट पिक पावर मोटर उपलब्ध । यो स्कुटरले एस १ एक्स जस्तै २४२ किलोमिटर रेन्ज दिन्छ भने यसको टप स्पीड क्षमता १२५ किलोमिटर प्रतिघण्टा रहेको छ । एस १ प्रोमा भने ३ किलोवाट आवर र ४ किलोवाट आवर ब्याट्रीप्याक रहेको छ ।

एस १ सिरिजको टप भेरियन्ट एस २ प्रो प्लसमा भने १३ किलोवाट पिक पावर भएको मोटर जडान गरिएको छ भने यसमा ५.३ किलोवाट आवरको ब्याट्रीप्याक दिइएको छ । यसले एक पटकको फुलचार्जमा ३२० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । यसको टप स्पीड १४१ किलोमिटर प्रतिघण्टा रहेको छ । यो स्कुटरले ०–४० को स्पीड मात्र २.१ सेकेण्डमा भेट्छ । यसमा डबल च्यान एबीएस लगायतका फिचर उपलब्ध छन् ।
यस्तो छ सबै भेरियन्टमो भारतीय बजारमा मूल्य

