काठमाडौं । आगामी संस्करणको ‘भारत मोबिलिटी ग्लोबल एक्स्पो’ सन् २०२७ मा आयोजना हुने भएको छ ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले भारब मोबिलिटी एक्स्पो सन् २०२७ को फेब्रुअरी ४ देखि ९ तारिखसम्म आयोजना गर्ने घोषणा गरेको हो ।
सन् २०२७ मा एक्स्पोको दायार फराकिलो बनाइने भएको छ । एक्स्पोमा रेल, सडक, हावा, पानी, शहरी र ग्रामीण गतिशीलता समेट्ने बहु मोडल प्रदर्शनी गरिने छ ।
भारत मोबिलिटीको पछिल्ला दुई संस्करण सन् २०२४ र २०२५ मा लगातार आयोजना भएको थियो । २०२५ संस्करण भारत मण्डपम, इन्डिया एक्स्पो सेन्टर एण्ड मार्ट र ग्रेटर नोएडामा आयोजना भएको थियो । जहाँ १५०० भन्दा बढी प्रदर्शकहरूको सहभागिता थियो भने ९ लाख ८० हजार बढीले अवलोकण गरेका थिए ।
यो एक्स्पो इन्जिनियरिङ एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इन्डिया र सियाम, एसीएमए, एटीएमए, नासकम र सीआईआई लगायत अन्य संस्थाहरू सहकार्य गरिएको छ ।

