रोयल इन्फिल्डको नयाँ जेनेरेशन ‘थन्डरवर्ड ३५०’ परिक्षणमा

मोटरसाइकल निर्माता रोयल इन्फिल्डको नयाँ मोटरसाइकल टेष्टिङको क्रममा देखिएको छ । भारतको गोकुलमा न्यू जेनेरेशन थन्डर्रवर्ड ३५० एक्स टेष्टिङको क्रममा देखिएको हो ।

पूर्ण रुपमा कभरले ढाकिएको थन्डर्रवर्ड ३५० एक्सको टेलल्याम्पसँगै रियर इन्डिकेटर देखिएको छ । टेष्टिङको क्रममा देखिएको मोटरसाइकलमा नयाँ डिजाइनको फ्यूल ट्याङ्क देखिएको छ । उक्त फ्यूल ट्याङक नयाँ सेपमा देखिएको हो । साथै यसको चेनलाई समेत बायाँ तर्फ जडान गरिएको छ ।

त्यस्तै यसमा स्प्लीट ग्रयाबरेल समेत देखिएको छ । यसअघिका भर्सनमा स्प्लीट सिट रहेपनि परिक्षणमा रहेको यो मोटरसाइलकमा सिगंल पिस सिट देखिएको छ । साथै रियर सस्पेन्सन नयाँ क्रोम सेटअपमा देखिएको छ ।

हालको रोयल इन्फिल्ड थन्डरवर्ड ३५० एक्समा ३४६ सीसी एयरकूल्ड काव्र्रुरेटर इन्जिन रहेको छ । यो इन्जिनलाई कम्पनीले चाँडै नै फ्यूल इन्जेक्शन इन्जिनमा ल्याउने छ । भारतले लिएको नयाँ प्रदुषण मापदण्ड अनुसार एफआई इन्जिन अनिर्वाय गरिएको छ । यो इन्जिनमा ५ स्पीडको गियरबक्स रहेको छ भने, यसले २० पीएस पावर तथा २८ एनएम टर्क जेनेरेट गर्छ ।

भारतीय बजारमा ५०० सीसी मोटरसाइकल बन्द गर्न लागेको कम्पनीले ३५० सीसी सेग्मेन्टमा फोकस गरिरहेको छ ।


Back_to_top