काठमाडौं । निसानका गाडीहरू किन्दा १५ लाख रुपैयाँसम्म छुट पाइने भएको छ । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटो कर्पले ल्याएको ‘निसान फेस्टिभ डिल’ विशेष छुट योजना अन्तर्गत १५ लाख रुपैयाँसम्म छुट पाइने भएको हो ।
‘निसान फेस्टिभ ड्राइभ’ योजना अन्तर्गत ग्राहकहरूले निसान गाडी बुकिङ गर्दा उक्त रकम छुट पाउने भएका हुन् । साथै, १ वर्षको गाडीको बीमा फ्री, ३ वर्षको सडक कर फ्री, ३ वर्ष वर्षको सर्भिसिङ फ्री र ३ वर्षको वारेन्टी पाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार निसानका गाडीहरू म्यागनाइट, किक्स, नाभारा, लिफ, र एक्स–ट्रेलमा उक्त अफर लागू हुनेछ । यो छुट योजना चाडपर्वको अवधिभरी लागू हुने कम्पनीले जनाएको छ ।
निसान म्यागनाइट नेपाली बजारमा लोकप्रिय र उत्कृष्ट कार हो हो । यसको राम्रो रिसेल भ्यालु र क्लास९लिडिङ सुविधाहरू रहेका छन् । निसान म्याग्नाइटको खरिदमा ग्राहकले फेस्टिभ डिल अन्तर्गतको सुविधाका साथै ८० प्रतिशतसम्म सहज फाइनान्सिङ र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’ को मजा लिन सक्नेछन् ।
त्यसैगरी, निसान एक्स–ट्रेल खरिदमा ग्राहकहरूले फेस्टिभ डिल योजनाका सबै अफरका साथै १८ वर्षसम्म ‘नो रनिङ कस्ट’को मज्जा लिन सक्नेछन् ।
यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिनेछ । यी सुविधाहरूमा केही सर्तहरू लागू हुने कम्पनीले जनाएको छ ।
पायोनिर मोटो कर्पले निसानको सम्पूर्ण मोडलको गाडीका लागि बिक्री, सर्भिसिङ र पार्टपुर्जा, सुविधा उपलब्ध गराउँदै आएको छ ।