टाटाले घटायो आफ्ना कारको रेन्ज, नेक्सन, पन्च र टियागोको नयाँ रेन्ज कति ?

काठमाडौं । टाटा मोटर्सले आफैँले आफ्ना विद्युतीय कारको रेन्ज टेस्ट गरेको रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीले सी-७५ नाम दिएको उक्त परिक्षणमा पुरै समय एसी चालु गरेर, औषत ४० किलोमिटर प्रतिघण्टादेखि १२० किलोमिटर प्रतिघण्टासम्मको स्पीडमा रेन्ज टेष्ट गरेको जनाएको छ ।

कम्पनीले गाडीमा २५० केजी लोड राखेर परीक्षण गरिएको जनाएको छ । साथै परीक्षण गरिएको स्थानको तापक्रम १० देखि ४० डिग्रीसम्ममा गरिएको छ । टाटा मोटर्सका अनुसार उसले गरेको रेन्ज टेस्टको रिजल्ट रियर वर्ल्ड रेन्जकै हाराहारी हुने र ७५ प्रतिशत चालकले यो रेन्ज पाउन सक्ने जनाएको छ ।

टाटा मोटर्सले सार्वजनिक गरेको सी-७५ रेन्ज अनुसार नेक्सन म्याक्स ईभीको रेन्ज २९० देखि ३१० किलोमिटर र नेक्सन प्राइम ईभीको २१० देखि २३० किलोमिटर रहेको छ ।

त्यस्तै पन्च ईभीको ३५ किलोवाट आवर (एलआर)को २७० देखि २९० किलोमिटर र २५ किलोवाट आवर (एमआर)को १९० देखि २१० किलोमिटर रेन्ज रहेको छ ।

टाटा टियागो ईभीको २४ किलोवाट आवरको पनि १९० देखि २१० किलोमिटर नै देखिएको छ । साथै, १९.२ किलोवाट आवरको सानो ब्याट्रीप्याक भएको टियागो ईभीको रेन्ज १५० देखि १६० किलोमिटरसम्म देखिएको छ ।

एमआईडीसी रेन्ज पनि घट्यो

भारतको सबैभन्दा ठूलो इलेक्ट्रीक भेहिकल उत्पादक टाटा मोटर्सले उत्पादन गरेका कारको एमआईडीसी रेन्ज पनि घटेको छ । भारतमा रेन्ज परीक्षणमा प्रयोग गरिने मोडिफाइड इन्डियन ड्राइभिङ साइकल (एमआईडीसी)को प्यारामिटरहरुमा परिवर्तन भएका छन् । उक्त परिवर्तीत मापदण्ड अनुसार परीक्षण गर्दा रेन्ज घटेको हो ।

नयाँ नियम अनुसार अब सबै विद्युतीय साधन उत्पादकले अर्वान र एक्ट्रा अर्वान साइकलको पनि रेन्ज भ्यालु घोषणा गर्नु पर्नेछ । त्यसका साथै हाइवेको स्पीड पनि ५० किलोमिटर प्रतिघण्टाबाट ९० किलोमिटर प्रतिघण्टासम्ममा टेस्ट गर्नु पर्नेछ । ईभीको रेन्ज सामान्यतया सिटीमा भन्दा हाइवेमा कम हुने गर्छ ।

टाटा नेक्सन म्याक्समा ४०.५ किलोवाट आवरको ब्याट्रीप्याक छ यसमा पुरानो नियम अनुसार ४६५ किलोमिटर रेन्ज रहेकोमा अब ३९० प्रमाणित भएको छ । त्यस्तै, नेक्सन प्राइममा ३० किलोवाटको ब्याट्री प्याक छ । यसले पहिला ३२५ किमि रेन्ज दिन्छ भनिएकोमा अब २७५ किलोमिटर भनिएको छ ।

टाटा पन्च ईभी ३५ किलोवाट ब्याट्री प्याकले पहिला ४२१ किमि रेन्ज दिन्छ भनिएकोमा अब नयाँ नियमानुसार ३६५ किलोमिटरको रेन्ज प्रमाणित भएको छ । सानो २५ किलोवाटको ब्याट्री प्याकले यसअघि ३१५ किमि रेन्ज भनिएकोमा अब २६५ किलोमिटर प्रमाािण्त भएको छ ।

टियागो ईभी २४ किलोवाटको ब्याट्री प्याक भएको भर्सनले ३१५ किलोमिटर रेन्ज दिन्छ भनिएकोमा अब २७५ र सानो ब्याट्री १९.२ किलोवाट आवरको ब्याट्री अप्सनले २५० किमि भनिएकोमा अब घटेर २२१ किमि रेन्ज दिन्छ भनिएको छ ।


Back_to_top