निसानले भारतबाट निर्यात गर्‍यो १२ लाख कार

काठमाडौं । निसान मोटर इण्डियाले भारतमा उत्पादन गरी विश्व बजारमा १२ लाख कार निर्यात गरेको छ ।

कम्पनीले हालै निसानको तामिलनाडू प्लाण्टमा उत्पादन भएको निसान म्याग्नाइटलाई १२ औं लाख कारको रुपमा कामाराजर पोर्टबाट जहाज चढाइ निर्यात गरेको हो ।

निसान इण्डियाले भारतमा उत्पादन गरी म्याग्नाइट एसयूभी, सन्नी सेडान, किक्स एसयूभी र माइक्रा ह्याचब्याक निर्यात गरेको जनाएको छ ।

पछिल्लो समय निसानले फाइभ स्टार सेफ्टी रेटेड म्याग्नाइट धेरै संख्यामा निर्यात गरिरहेको छ । भारतमा म्याग्नाइटको राइटह्याण्ड र लेफ्टह्याण्ड ड्राइभ दुवै भर्सन उत्पादन गरी निर्यात गरिरहेको छ ।

निसानले भारतमा उत्पादन गरेका मोडलहरू नेपाल लगायत, अफ्रिका, मिडल इस्ट, ल्याटिन अमेरिका, साउथइस्ट एसियाका ६५ भन्दा बढी देशहरूमा निर्यात गरिरहेको छ ।


Back_to_top