निसान म्याग्नाइटले पायो ‘फोर स्टार सेफ्टी रेटिङ’

काठमाडौं । निसानको सर्वाधिक सफल सब फोर मिटर एसयूभी म्याग्नाइटले फोर स्टार सेफ्टी रेटिङ पाएको छ । म्याग्नाइटले ग्लोबल एनक्याप क्र्यास टेष्टमा फोर स्टार रेटिङ पाएको हो ।

गतवर्ष फागुन २२ गतेबाट नेपालमा विक्री वितरण हुँदै आएको म्याग्नाइट एक वर्षभन्दा कम समयमा १ हजार ३५० यूनिट हाराहारी विक्री भइसकेको छ ।

म्याग्नाइटको स्टायडर्ड भेरियन्टलाई परिक्षणमा उतारेको थियो । ग्लोबल एनक्यापले अधिकतम १७ अंक प्रदान गर्नेगरी गरेको परिक्षणमा म्याग्नाइटले ११.८५ अंक पाएको थियो । यसलाई ६४ किलोमिटर प्रतिघन्टाको स्पीडमा क्र्यास टेष्ट गरिएको थियो ।

चाइल्ड प्यासेन्जरको सेफ्टीमा भने म्याग्नाइटले टु स्टार रेटिङ पाएको थियो । ग्लोबल एनक्यापले पनि भारतमा सन् २०१४ देखि क्र्यास टेष्ट सुरु गरेको र अहिले धेरै गाडीले सुरक्षामा ठूलो प्रगति गरेको जनाएको छ । निसान म्याग्नाइटको परिक्षणसँगै भारतमा ग्लोबल एनक्यापको ५० मोडल परिक्षण पुरा भएको छ ।

सानो इन्जिन, उच्च माइलेज, आधुनिक फिचर र कम मूल्यको कारण निसान म्याग्नाइटले नेपालमा निकै राम्रो व्यापार गरिरहेको छ ।


Back_to_top