काठमाडौं । निसान मोटर्सको आधिकारीक विक्रेता कम्पनी पायोनियर मोटोकर्पले आफ्नो सफल सब फोर मिटर एसयूभी म्याग्नाइटको मूल्य वृद्धि गरेको छ । कम्पनीले आफ्नो वेभसाइटमा नयाँ मूल्य प्रकाशित गरेको हो ।
लामो आयात प्रतिबन्धमा म्याग्नाइट स्टक आउट भएसँगै कम्पनीले नयाँ मूल्य सूची आफ्नो आधिकारीक वेभसाइटमा प्रकाशन गरेको हो । अब बजारमा २०२३ मोडल म्याग्नाइट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
पायोनियर मोटोकर्पले निसान नेपालको वेभसाइटमा म्याग्नाइटको विभिन्न ११ भेरियन्टको मूल्य राखेको छ । जसमा कम्पनीले २ लाखदेखि ३ लाख रुपैयाँसम्मले मूल्य बढाइएको छ ।
कम्पनीले विक्री गर्दै आएको म्याग्नाइट मोडलको सबैभन्दा सस्तो भेरियन्ट एक्सई बेस हो । त्यस्तै सबैभन्दा महंगो भेरियन्ट टर्बो इन्जिन भएको एक्सभी प्रिमियम ड्यूल टोन हो ।
यसअघि ३१ लाख ९९ हजार मूल्य रहेको सुरुवाती एक्सई भेरियन्टको मूल्य २ लाख रुपैयाँले बढेर ३३ लाख ९९ हजार रुपैयाँ भएको छ ।
यस्तो छ सबै भेरियन्टको मूल्य



