निसानको भाग्य बदल्ला म्याग्नाइटले, कम मूल्यसँगै यी ५ फिचर सेग्मेन्ट फर्स्ट

काठमाडौं । निसान विश्व अटोमोवाइल बजारमा निकै ठूलो नाम हो । विश्वका ५ ठूला कार निर्माता भित्र आफुलाई बलियोसँग उभ्याउँदै आएको निसान भारतमा निस्प्रभाबी हुँदै गएको छ ।

भारतमा निसान र डाट्सन ब्राण्डबाट गाडी बिक्री गर्दै आएको निसान इन्डियाले मासिक २ हजारभन्दा कम यूनिट बिक्री गरिरहेको छ । नेपालमा भने निसानको बिक्री उत्साहपूर्ण रहेको पायोनिर मोटोकर्पले जनाएको छ ।

सब फोर मिटर सेग्मेन्टमा प्रतिस्पर्धा गर्न आउन लागेको म्याग्नाइट नेपालमा जनवरीमा ल्याउने कम्पनीले घोषणा गरिसकेको छ । केहि दिनअघि मात्रै ग्लोवल लञ्च भएको म्याग्नाइट कम मूल्य र ५  सेग्मेन्ट फर्ष्ट फिचरको कारण अहिले चर्चामा रहेको छ ।

अराउन्ड भ्यू मोनिटरः अराउन्ड भ्यू मोनिटर सामान्यतया ३६० डिग्री क्यामेरा हो । यसमा रहेको मोनिटरले गाडीलाई पार्किङ गर्न, सडकमा गुडेको समयमा दायाँ-बायाँ र अडाडि-पछाडिको अवस्था चालकलाई बुझ्न सहज हुन्छ ।

७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टरः सब फोर मिटर एसयूभीमा ७ इन्चको फुल डिजिटल टिएफटी इन्ट्रुमेन्ट क्लष्टर यसमा रहेको अर्को सेग्मेन्ट फर्स्ट फिचर हो ।

मोवाइल होल्डरको साथ रियर आर्मरेष्टः सब फोर मिटर एसयूभीमा रियर आर्मरेष्ट सामान्य तथा सबै गाडीमा पाउन सकिन्छ । तर, पछाडि पनि मोवाइल होल्डर कुनैपनि गाडीमा छैन । यस्तोमा निसानले म्याग्नाइटमा यो फिचर दिएर ल्याएको छ ।

वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्लेः आजकल इन्ट्री लेवल कारमा पनि यी फिचर पाउन सकिन्छ । तर, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले दिएर निसानले म्याग्नाइटलाई सेग्मेन्ट फर्स्ट बनाएको छ । यसले सबै किसिमका यूएसबी केबललाई सहजै सपोर्ट गर्छ ।

इको फङ्सन, कलर र वेलकम एनिमेशनः यसमा रहेको उक्त फङ्सनले तपाईको ड्राइभिङ स्कील मापन गर्न सक्छ । यसले चालकको ड्राइभिङ ह्यावीट सुधारर्न पनि सहयोग पुग्ने छ । साथै गाडीमा प्रबेश गरेपछि यसमा रहेको टिएफटी डिस्प्लेमा यूनिक एनिमेशन फिचरले तपाईलाई स्वागत गर्ने छ ।


Back_to_top