टिकापछि मोटरसाइकलमा घुम्न जानेले गर्नै पर्ने ४ काम

काठमाडौं । लामो समयको लकडाउन पश्चात् अहिले जनजिवन समान्य अबस्थामा फर्किने कोशिस भइरहेको छ । तर पनि कोरोनो जोखिम भने बढ्दै गइरहेको छ ।

यहि दशैंको टिकापछि लामो यात्रामा निस्कने योजना धेरैले बनाइरहेका हुन सक्छन् । यस पटक आफ्ना आफन्त कहाँ टीका थाप्न र आर्शिवाद लिन जानेको संख्या अत्यन्त न्यून हुने देखिन्छ ।

लामो समयदेखि घरमा थुनिएर रहेकाले दशैंमा घुम्न जाने योजना बनाएका हुन सक्छन् । आन्तरिक पर्यटकलाई लक्षित गरेर विभिन्न पर्यटकिय क्षेत्रका होटलहरुले प्याकेजसमेत संचालनमा ल्याएका छन् ।

यस्तोमा मोटरसाइकल लिएर लामो यात्रामा घुम्न जाने योजना बनाउनु भएको छ भने केहि तयारी गरेर निस्कदा थप सुरक्षित हुन सकिन्छ ।

स्थान छनोट

देशको विभिन्न स्थानमा पर्यटन क्षेत्र खुलेको अवस्था रहेपनि केहि स्थानहरुमा पर्यटकलाई निषेध गरिएको अबस्था रहेको छ । यस्तो व्यवस्था विभिन्न वडा कार्यालयहरुले आफैँले गर्न सक्ने भएकाले आफु जानु अघि त्यहाँको अवस्था कस्तो छ थाहापाउनु पर्छ ।

यसरी बुझ्दा सकेसम्म सम्बन्धि स्थानको स्थानीय तहका जनप्रतिनिधिहरु वा आधिकारिक पर्यटन व्यवसायीसँग सल्लाह लिन सकिन्छ ।

प्याकिङ

लामो यात्रागर्दा सिल्पिङ व्याग, ड्राइफुड, थर्मस, सेनिटाइज, मास्क, पेष्ट, सावुन, टावल जस्ता अत्यावश्यक सामाग्री आफैँले लानु पर्छ । आफु जाने स्थानको मौसमको अबस्था बुझेर सोहि अनुरुप आवस्यक कपडा बोक्नु पर्छ ।

अहिले कोभिड १९ को संक्रमण फैलिइरहेको अवस्थामा आफु बस्ने होटलले कस्ता सुरक्षाका विधि अपनाएको छ भन्ने जानकारी राख्नु पर्छ ।

मोटरसाइकलको अबस्था

यात्रामा निस्कदा आफ्नो मोटरसाइकलको अबस्था कस्तो छ बुझ्नु पर्छ । मोटरसाइकललाई राम्रोसँग सर्भिस गरेर निस्कदा बीच बाटोमा समस्या पर्दैन । बाटोमा जहाँ त्यहि वर्कशप नहुन सक्छ । त्यसमा पनि चाडपर्वको समयमा अधिकांश वर्कशप बन्द हुने गर्छन् ।

टुलबक्स साथमा बोक्ने

मोटरसाइकलमा लामो यात्रा गर्दा आबश्यक पर्ने टुलबक्स साथमा बोक्नु पर्छ । समान्य टुलबक्स मोटरसाइकल किन्दा नै आएको हुन्छ । मोटरसाइकलको सिटमुनी अन्य केहि टुलहरु थप गर्न सकिन्छ ।

लामो यात्रा गर्दा केहि पार्टस किनेर लग्नु राम्रो हुन्छ । क्लच वायर, डिस्क प्याड, थ्रोटल वायर जस्ता पार्टस जुन आफैले समेत चेन्ज गर्न सकिन्छ, यस्ता पार्टस् किनेर लग्नु राम्रो मानिन्छ ।


Back_to_top