चढ्ने हो इलेक्ट्रीक निसान माइक्रा ? दुई ब्याट्री अप्सनमा आउदै

काठमाडौं । निसानको सबैभन्दा सानो ह्याचव्याक कार माइक्राका सार्वजनिक भएको छ । जापानी कार निर्माताले माइक्राको छैटौँ जेनेरेशन मोडल देखाएको हो ।

छैटौँ जेनेरेशनमा आइपुग्दा निसानले माइक्रा ह्याचव्याकलाई इलेक्ट्रीक बनाएर ल्याएको छ । रेनोको ‘स्मल आर्किटेक्चर’ (सीएमएफ) प्लेटफर्ममा माइक्रा इलेक्ट्रीक बनेको हो ।

जापानी कार निर्माताको लन्डनमा रहेको निसान डिजाइन हाउसमा तयार भएको नयाँ माइक्रा निकै बोल्ड र मोर्डन लुक्समा देखिएको छ । झट्ट हेर्दा एसयूभी जस्तो लाग्ने ह्याचव्याक कारमा अगाडि सर्कुलर एलइडी डीआरएलसँगै रेक्ट्रयाङगुलर हेडल्याम्प देखिन्छ ।

कारको वरिपरि व्ल्याक क्लाइडिङ, व्ल्याक आउट रुफ, तीन फरक डिजाइनमा दिइएको १८ इन्चको अलोय ह्वील छ । कारको पछाडि स्लीक ग्लस व्ल्याक स्ट्रीप, प्रोमिनेन्ट निसान व्याज र एलइडी टेलल्याम्प रहेको छ ।

माइक्रा ईभीमा ड्यूलटोन क्याविन, १०.१ इन्चको दुई स्कृन, वायरले चार्जिङ प्याड, इलेक्ट्रीक पार्किङ ब्रेक, ४८ कलारको एम्बीयन्ट लाइट, ३२६ लिटरको बुट स्पेश, भेहिकल टु लोड, मल्टीलिङ्क रियर सस्पेन्सन दिइएको छ ।

निसानको माइक्राको लम्बाई ४००० मिलिमिटर छ । यसमा २५४० एमएम लामो ह्वीलवेस छ । दुई भेरियन्टमा उपलब्ध माइक्रा ईभीमा ९० र ११० किलोवाटको मोटर अप्सन पाउन सकिन्छ । निसानले माइक्रामा ४० किलोवाट आवर र ५२ किलोवाट आवरको दुई फरक ब्याट्री प्याक दिएको छ ।


Back_to_top