निसानको ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ सुरू, ७ प्रकारका सुविधा पाइने

काठमाडौं । निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ आजदेखि सुरु भएको छ ।

निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले नजिकिँदै गरेको वर्षा ऋतु तथा मनसुनको अवसरमा यो विशेष सर्भिस क्याम्प संचालन गरेको हो ।

कम्पनीका अनुसार आजदेखि सुरु भएको उक्त क्याम्प वैशाख १२ गते (३ दिन)सम्म देशव्यापी रुपमा संचालन हुनेछ । सर्भिस क्याम्प काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, हेटौँडा, पोखरा, इटहरी, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, विर्तामोड, वीरगञ्ज र सुर्खेत गरी देशभरका १६ वटा विभिन्न चेक पोइन्टहरूमा एकैसाथ सञ्चालन भइरहेको छ ।

उक्त सर्भिस क्याम्पमा ग्राहकहरूले निसान गाडीको चेकअप तथा सर्भिसिङ गर्दा ७ आकर्षक लाभ तथा सुविधाहरू लिन सक्नेछन् । यी सुविधाहरू अन्तर्गत ग्राहकहरूले ‘टप वास’ निःशुल्क पाउने छन् भने जुनै सेवा लिँदा पनि ‘लेबर चार्ज’ तिर्नु पर्दैन ।

त्यस्तै ‘सस्पेन्सन, क्लच’जस्ता पार्टपूर्जा तथा निसानको ब्रान्डेड एक्सेसरिजहरूमा २० प्रतिशत, बडि सप जब्समा १५ प्रतिशत, ल्युब्रिकेन्ट, फिल्टर पाट्र्स, र ‘ब्रेकप्याड तथा सु’मा १० प्रतिशत छुट पाउने छन् ।

आफ्नो नजिकको चेक पोइन्टमा गई सर्भिस क्याम्पमा छुट तथा सुविधाहरू लिन कम्पनीले ग्राहकलाई अनुरोध समेत गरेको छ । यस क्याम्प अन्तर्गतका सुविधाहरूमा सर्तहरू भने लागू हुने कम्पनीले जनाएको छ ।


Back_to_top