काठमाडौं । निसानको सव फोर मिटर एसयूभी म्याग्नाइट अबको ११ दिनपछि अक्टोबर २१ मा विश्व बजारमा डेब्यू गर्ने भएको छ । यसअघि कम्पनीले यसको प्रोटोटाइप सार्वजनिक गरेको थियो भने अब प्रडक्स मोडल सार्वजनिक गर्न लागेको हो ।
कम्पनीले फरक फरक तस्विर सार्वजनिक गर्दै म्याग्नाइट सार्वजनिक गर्ने मिति घोषणा गरेको हो । म्याग्नाइटको प्रडक्सन मोडल हुबहु कन्सेप्ट जस्तै रहेको छ । अक्टागोन ग्रिल र एङ्गुलर हेडलाइटले यसलाई निकै आकर्षक बनाएको छ ।
निकै मस्कुलर डिजाइनमा देखिएको म्याग्नाइटमा एलइडी टेलल्याम्प, व्ल्याक आउट पिलर, सिल्भर कलर रुफ रेल, आकर्षक ह्वील आर्क, रुफ माउन्ट स्पोइलरले उत्कृष्ट देखाएको छ ।

इन्टेरियरको विषयमा कम्पनीले कुनै आधिकारीक विवरण सार्वजनिक गरेको छैन । यद्यपी प्रोटोटाइपलाई आधार मान्दा यसमा ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ३६० डिग्री क्यामेरा, अटो क्लामेट कन्ट्रोल, स्टेरिङ माउन्ट भ्वाइस कन्ट्रोल फिचर उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
कम्पनीले यसमा १.० लिटर थ्रि सिलिण्डर टर्बो इन्जिन दिने अनुमान गरिएको छ । उक्त इन्जिनले ९५ बीएच पावर प्र्रदान गर्ने छ । यसमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स रहने छ ।
सन् २०२१ को पहिलो क्वाटरमा यो नेपाली बजारमा आउने अनुमान गर्न सकिन्छ ।

