तिहारपछि नेपाल आउँदै नयाँ एसयूभी ‘एचएस’, यस्ता हुने छन् फिचर

काठमाडौं । ब्रिटिस मोटर कम्पनी मोरिस ग्यारेज (एमजी) को नयाँ एसयूभी ‘एमजी एचएस’ ल्याउने भएको छ । कम्पनीले तिहारपछि नयाँ एसयूभी ल्याउने तयारी गरिरहेको बुझिएको छ ।

एमजीको आधिकारीक वितरक प्यारामाउण्ट मोटर्सले अहिले नेपालमा जेडएस र जिएस एसयूभी बिक्री गर्दै आएको छ । नयाँ एचएस आएसँगै एसयूभी लाइन अपमा नयाँ मोडल थप हुने छ ।

यसको इन्टेरियरमा व्ल्याक तथा रेड एण्ड व्ल्याक कम्बिनेसको अल लेदर फिनिसीङ दिएको छ । एमजीको एचएस अहिले बजारमा उपलब्ध एमजी जेडएसभन्दा आकारमा ठूलो रहेको छ । विश्व बजारमा दुई इन्जिन अप्सन १.५ लिटर र २.० लिटरमा एचएस उपलब्ध रहेको छ ।

कम्पनीका अनुसार नेपालमा भनै १.५ लिटर टर्बो इन्जिनको साथ एचएस आउने छ । एमजी एचएसमा रहेको १.५ लिटर टर्बो चार्ज्ड ४ सिलिण्डर इन्जिनले १६२ बीएचपी पावर तथा २५० एनएम टर्क उत्पादज गर्छ । एसयूभीमा सिक्स स्पीड अटोमेटिक गियर बक्स रहेको छ ।

एमजीको फ्रन्ट लुक्स नेपालमा उपलब्ध एमजी जीएस तथा जेडएस जस्तै रहेको छ भने इन्टेरियरलाई व्यापक प्रिमियम बनाइएको छ । यसको ड्यासबोर्डमा १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टर दिएको छ । जसमा एन्डरोइड अटो तथा एएपल कारप्ले सपोर्ट गर्छ । यसमा ८ वटा वोसको स्पिकर रहेको छ ।

टर्वाइन सेपको एयरभेन्ट दिएको यस एसयूभीमा अटो क्लाईमेट सिस्टम रहेको छ । यो कारमा ३६० डिग्री क्यामरा समेत रहेको छ । जसको सहयोगले जस्तो सुकै साँघुराबाटामा सजिलै संचालन गर्न सकिन्छ ।

यसको ड्राइभर सिट सिक्सवे तथा फ्रन्ट प्यासेन्जर सिट फोरवे इलेक्ट्रीक एडजस्टेवल लेदर सिट रहेको छ । यस कारमा उपलब्ध ६४ वटा कलर एम्बियन्ट लाइटिङ्ग ड्यासबोर्ड कलरले यसलाई अझै आकर्षक देखाएको छ । यसमा प्यानारोमिक सनरुफ समेत रहेको छ ।

एमजी एचएसमा ४६० लिटरको बुट स्पेस रहेको छ भने, रियर सिटलाई फोल्ड गर्ने हो भने विशाल १२९० लिटर क्षमताको बुट स्पेस पाउन सकिनेछ । बुट गेट पनि वानटच अटो पावर ओपन क्लोजको विशेषता रहेको छ ।

यो एसयूभीमा सुरक्षाका लागि ६ वटा एयरव्याग एबीएस, इबीडी, इएससी तथा इलेक्ट्रोनीक ब्रेक असिस्ट तथा पीपीएमएस, एन्टीरोलिङ्ग फङ्गसन र डिसेन्ट कन्ट्रोल, लेन डिपार्चर र व्लाइन्ड स्पट वार्निङ्ग विशेषता रहेको छ ।

साइजको कुरा गर्ने हो भने यो कारको लम्बाई ४५७४ एमएम चौडाई १८७६ एमएम उचाई १६६४ एमएम रहेको छ । यसको ह्वीलवेस २७२० एमएमको रहेको छ । यसमा १८ इन्चको डायमण्डकट अलोय ह्वील रहेको छ ।

यसको अनुमानित सुरुवाति मूल्य ६० लाखदेखि टप स्पेकको मूल्य ७५ लाखको बीचमा रहने अनुमान गरिएको छ ।


Back_to_top