कम मूल्यको सानो इलेक्ट्रीक कार ल्याउँदै हुन्डाई

काठमाडौं । हुन्डाईले आयोनिक सब ब्राण्ड सार्वजनिक गर्दै अब आउने नयाँ इलेक्ट्रीक कार आयोनिक ब्राण्ड नेमबाट आउने यसअघि नै जानकारी दिएको थियो । कम्पनीले सन् २०२५ सम्ममा नयाँ १६ मोडलका इलेक्ट्रीक कार तथा एसयूभी उत्पादन गर्ने लक्ष्यसहित नयाँ ब्राण्ड लञ्च गरेको हो ।

कम्पनीले सन् २०२२ सम्ममा नै १२ नयाँ मोडल बजारमा उतार्ने घोषणा गरेको थियो । कम्पनीको घोषणा अनुसार साना इलेक्ट्री कार, क्रसओभर एसयूभी, एसयूभी र लग्जरी सेडान कार ल्याउने जनाएको छ ।

हुन्डाईले सन् २०२५ सम्ममा वार्षिक ५ लाख ६० हजार यूनिट इलेक्ट्रीक कार बिक्री गर्ने लक्ष्य लिएको छ । कम्पनीले लिएको उक्त लक्ष्य पुरा गर्न साना र कम मूल्यका इलेक्ट्रीक कार बजारमा उतार्ने अपेक्षा गरिएको छ । कम्पनीले भारतमा उत्पादन गर्ने सानो इलेक्ट्रीक कारको मूल्य करिब १४ लाख भारु हाराहारीमा रहने अनुमान गरिएको छ ।

कम्पनीले अहिले आयोनिक र कोना दुई मोडल विश्व बजारमा बिक्री गर्दै आएको इलेक्ट्रीक कार हो । यी दुबै कार नेपालमा पनि बिक्री वितरण हुँदै आएको छ । तर, नेपाल सरकारले बिद्युतीय कारमा लाग्दै आएको करमा वृद्धि गरेसँगै यी कारको नयाँ मूल्य सार्वजनिक हुन सकेको छैन ।

विशेषत हुन्डाईले भारतीय बजारमा टाटा नेक्सनसँग सिधा प्रतिस्पर्धा हुनेगरि नयाँ कार ल्याउने तयारी गरेको भारतीय मिडियाले पनि उल्लेख गरेका छन् । सस्तो मूल्यको इलेक्ट्रीक कार हुन्डाईले भारतमा नै उत्पादन गर्ने मिडियाहरुले दाबी गरेका छन् ।


Back_to_top