एनआइयू इलेक्ट्रीकको नयाँ शोरुम भक्तपुरमा

काठमाडौं । एनआइयू इलेक्ट्रीकको नयाँ शोरुमा भक्तपुरमा संचालनमा आएको छ । नेपालका लागि एनआइयू इलेक्ट्रिकको आधिकारिक विक्रेता कम्पनी इको इन्फिनिटीले नयाँ शोरुम भक्तपुरको सूर्यविनायकस्थित घलाटेमा संचालनमा ल्याएको हो ।

मिस युनिभर्स नेपाल २०२२ की विजेता सोफिया भुजेल र सेकेन्ड रनरअप आस्मा केसीले शोरुमको संयुक्त उद्घाटन गरेका हुन् ।

बिगत ५ वर्षदेखि इको इन्फिनिटी एनआइयूका इलेक्ट्रीक स्कुटरहरु नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ ।

एनआइयूका ८ मोडलका इलेक्ट्रीक स्कुटरहरु नेपाली बजारमा उपलब्ध छन् ।

कम्पनीको अन्य शोरुमहरु काठमाडौंको दरवार मार्ग, झम्सिखेल, बुटवल, झापाको बिर्तामोडमा संचालनमा रहेको छन् भने निकट भविष्यमा नै टेकु, बौद्ध र इटहरीमा शोरुम उद्घाटनको तयारी भइरहेको कम्पनीका डाइरेक्टर तरुन बज्राचार्यले बताए ।

कम्पनीले भक्तपुर शोरुम उद्धघाटनको अवसरमा पहिलो १० जना ग्राहकलाई १० हजार नगद छुटका साथै विभिन्न उपहार दिने जनाएको छ ।


Back_to_top