एनआइयूको नयाँ स्कुटर नेपालमा, मूल्य ३ लाख ८५ हजार मूल्य

काठमाडौं । एनआइयूको नयाँ इलेक्ट्रीक स्कुटर नेपाल आएको छ । कम्पनीले एफआईक्यू ३०० स्कुटर नेपाल ल्याएको हो ।

एआईयू इलेक्ट्रीकको लागि नेपालको आधिकारीक विक्रेता इको इन्फिनिटीले एफआईक्यू ३०० को बुकिङ खुला गरेको छ । कम्पनीले परिचयात्मक मूल्य ३ लाख ८५ हजार रुपैयाँ तोकेर बुकिङ खुला गरेको हो ।

कम्पनीले स्पोर्टी डिजाइनमा ल्याएको एफक्यूआई ३०० मा ४.८ किलोवाट रेटेड क्षमताको मोटर उपलब्ध छ । यसको टप स्पीड ८० किलोमिटर रहेको छ । यसको सिंगल र डबल ब्याट्री अप्सन दिइएको छ । यसलाई एक पटक फुलचार्ज गरेर १५० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।

यो स्कुटरमा सबै एलइडी लाइटको प्रयोग गरिएको छ भने, स्कुटरको दुबैतर्फ डिस्क ब्रेक, फुल डिजिटल डिस्प्ले, कनेक्टिभिटी जस्ता फिचर यसमा पाउन सकिन्छ ।

इको इन्फिनिटीले पोखरा, टेकु र कुपन्डोलमा रहेको आधिकारिक शोरुम मार्फत एफआईक्यू ३०० को बुकिङ लिन सुरू गरेको छ । कम्पनीले सिमित समयका लागि मात्र बुकिङ खुला गरेको जनाएको छ ।


Back_to_top