एनआइयूको नयाँ स्कुटरको बुकिङ खुल्यो

काठमाडौं । एनआइयू नेपालले नयाँ इलेक्ट्रीक स्कुटरको बुकिङ खुला गरेको छ ।

नेपालमा एनआइयू इलेक्ट्रीक स्कुटरको आधिकारिक बिक्रेता एनआइयू नेपालले एनआइयू एफएक्स सिटी नयाँ स्कुटरको बुकिङ खुलाएको हो ।

कम्पनीका अनुसार ग्राहकले न्यूनतम ५ हजार रुपैयाँ तिरेर स्कुटर बुकिङ गर्न सक्नेछन् ।

कम्पनीले एनआइयू एफएक्स सिटी स्कुटर ब्याट्रीसहित र ब्याट्री बाहेक किन्न सक्ने सुविधा दिएको छ । ग्राहकले ब्याट्री बाहेकको एनआइयू एफएक्स सीटी स्कुटर सुरूआती मूल्य १ लाख ९९ हजार रुपैयाँमा किन्न सक्नेछन् । ब्याट्रीसहित किन्ने हो भने थप रकम तिर्नुपर्छ ।

ग्राहकले यो स्कुटर ती ब्याट्री अप्सनमा पाउने छन् । पहिलो ७२ भोल्ट ४३ एम्पियर, दोस्रो ७२ भोल्ट ३२ एम्पियर र तेस्रो ७२ भोल्ट २० एम्पिएरमा रहेको छ । जहाँ ग्राहकले ब्याट्रीको मूल्य क्रमशः ४२ हजार, ३६ हजार र ३३ हजार रुपैयाँ तिर्नुपर्छ । ब्याट्रीसहित किन्ने हो भने १ लाख ९९ हजार रुपैयाँमा ब्याट्रीको मूल्य थपेर किन्नुपर्छ ।

एफएक्स सीटीमा २४०० वाट पिक पावर जेनेरेट गर्ने मोटर छ । ८० किलोमिटर प्रतिघण्टा टप स्पीड रहेको यो स्कुटरले एकपटकको फुल चार्जमा टप ब्याट्री अप्सनले ८० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

स्कुटरको अन्य डिटेल्स र बुकिङका लागि शोरुममा गई जानकारी लिन सकिने कम्पनीको भनाइ छ ।


Back_to_top