काठमाडौं । विद्युतीय कार किन्न चाहने ग्राहकलाई एनएमबी बैंकले आफ्नो बेसरेटमा नै कर्जा दिने भएको छ । कम्पनीको बेसरेट ६.८१ प्रतिशत रहेको छ । यहि दरमा ग्राहकले कर्जा सुविधा पाउने छन् ।
बैंकले आफ्नो क्रेडिट कार्ड वा एनएमबी सुलभ किस्ता योजनाअन्तर्गत असार मसान्तसम्ममा विद्युतीय सवारीको बुक वा खरिद गर्दा बेस रेटमै कर्जा प्रदान गर्ने जनाएको छ ।
यसका साथै ८० प्रतिशतसम्म फाइनान्सिङ, ७ वर्ष कर्जा अवधि, प्रशासनिक शुल्कमा ०.२५ प्रतिशत छुटको अफर ल्याएको जनाइएको छ ।

