‘नेटा कारको उत्पादन, वितरण र सर्भिसमा समस्या छैन’-होजोन अटो

काठमाडौं । चिनियाँ इलेक्ट्रीक कार उत्पादक कम्पनी होजोन अटोले नेपाली बजारमा समेत लोकप्रिय नेटा ब्राण्डका गाडी उत्पादन र वितरणमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ ।

होजोन अटोले प्रेस विज्ञप्ति जारी गर्दै नेटाको उत्पादन र अन्तर्राष्ट्रिय बजारमा भइरहेको वितरणमा कुनै समस्या नरहेको जानकारी गराएको हो ।
‘हामी सुनिश्चित गर्न चाहान्छौँ कि नेटाको उत्पादन र अन्तर्राष्ट्रिय वितरणमा कुनै समस्या छैन । नेपालसहित विश्व बजारमा हाम्रा उत्पादनहरूको नियमित आपूर्ति भइरहेको छ,’  विज्ञप्तिमा भनिएको छ ।

कम्पनीले नेपालमा सीजी मोटर्ससँगको साझेदारीमा नेपाली बजारमा नेटा कारहरू उत्साहजन रुपमा वितरण भइरहेको बताएको छ ।

‘हामी हाम्रा उपभोक्ताको बिक्रीपछिको अनुभवलाई धेरै महत्व दिन्छौँ । नेपालको आधिकारिक बिक्रेता सीजी मोर्टसमार्फत बिक्री भएका  गाडीहरूमा न्यूनतम १० वर्षसम्म स्पेयर्स पार्टस उपलब्ध गराउने प्रतिबद्धता छ,’ कम्पनीले भनेको छ ।

पछिल्लो समयमा चीनका स्थानीय सरकारी निकायसँग साझेदारी गरेर आफ्नो वित्तीय र व्यवस्थापन पक्षलाई थप बलियो एवं प्रभावकारी बनाइएको होजोन अटोले जनाएको छ ।


Back_to_top