काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा विक्री मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो ।
मूल्य घटेसँगै पेट्रोलको खुद्रा विक्री मूल्य प्रतिलिटर १७८ रुपैयाँ, डिजेल र मट्टितेलको खुद्रा विक्री मूल्य प्रतिलिटर १७५ रुपैयाँ कामय भएको छ ।यसअघि पेट्रोल लिटरको १८१ र डिजेल/मटितेल १७८ रुपैयाँ थियो ।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रिय)को मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।


