काठमाडौं । अहिले बजारमा सर्वाधिक विक्री हुने मोटरसाइकल मध्ये एक मोडल बनेको छ बजाज पल्सर एन १६० । दशैंभन्दा केहि अघिमात्रै नेपाल आएको पल्सर एन १६० फिचरको हिसावले सेग्मेन्टकै अब्बल मोटरसाइकल हो ।
हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले ३ लाख ७९ हजार ९०० रुपैयाँ मूल्य तोकेर विक्री सुरु गरेको यो मोटरसाइकलमा डबल च्यानल एबीएस पाउन सकिन्छ । नेपाल आएको छोटो समयमा नै यसले सफलता पाउनुको मुख्य कारण यसको मूल्य, बजाजले ल्याएको फाइनान्स स्कीम र नयाँ जेनेरेशन पल्सरको क्रेजलाई मुख्य मानिन्छ ।
बजाज पल्सर एन १६० किन्न चाहने ग्राहकलाई कम्पनीले १२ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ । यदि तपाईले ५० प्रतिशत रकम डाउन पेमेन्ट गरेर बाँकी रकम २४ महिनाको किस्तामा तिर्नेगरी कर्जा लिँदा एन १६० किन्नेले मासिक ८ हजार ९४२ रुपैयाँ किस्ता तिर्दा पुग्छ ।
एन १६० सेग्मेन्टमै डबल च्यानल एबीएस भएको मोटर साइकल हो । दुबै चक्कामा डिस्क ब्रेक, लोभलाग्दो डिजाइन, मस्कुलर बडी, यूनिक हेडल्याम्प, नयाँ डिजाइनको एग्जस्ट यसको मुख्या आकर्षण हो ।

बजाजले पल्सर एन १६० मा ट्वीन भर्टिकल एलइडी टेलल्याम्प, वाई सेपको अलोय ह्वील, स्प्लीट ग्रावरेल, अन्डरवेली एग्जस्ट दिएको छ । साथै, आइब्रो डिजाइनमा एलइडी डेटाइम रनिङ लाइट, अगाडि सानो विन्ड स्कृन, सार्प र मस्कुलर डिजाइनको इन्धन ट्याङ्की दिएको छ ।
यसमा कम्पनीले १६४.८ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । बजाजको यो विल्कुलै नयाँ इन्जिन हो । यो इन्जिनले अधिकतम १६ पीएस पावर र १४.६ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स रहेको छ ।

