भारतमा नोर्टनको पहिलो मोटरसाइकल तयार, कहिले आउँछ बजारमा ?

काठमाडौं । भारतीय मोटरसाइकल ब्राण्ड टीभीएस र ब्रिटिश मोटरसाइकल ब्राण्ड नोर्टनको सहकार्यमा बन्ने पहिलो मोटरसाइकल सन् २०२६ को मध्यसम्म भारतीय बजारमा आउने भएको छ ।

भारतमा प्रोडक्सन हुने नोर्टनको एटलस मोडल २०२६ को मध्यसम्ममा बजारमा उपलब्ध हुने भएको हो । नोर्टन एटलसको प्रोडक्सन टीभीएसको होसुर प्लाण्टमा भइरहेको भारतीय मिडिया रिपोर्टमा उल्लेख छ ।

इटालीको मिलानमा सम्पन्न इक्मा अटोशो २०२५ मा पहिलो पटक देखिएको एटलस मोडल डबल पर्पस एड्भेन्चर डिजाइनमा रहेको छ । मोटरसाइकलको डिजाइन र लुक्स पनि एकदमै एग्रेसिभ छ ।

नोर्टनको एटलस सुपर एड्भेन्चर डिजाइनको मोटरसाइकल हो । यसमा ५८५ सीसीको प्यारालल ट्वीन इन्जिन छ, जसमा २७० डिग्री क्याकसफ्टको प्रयोग गरिएको छ । यसमा दिइएको इन्जिन टीभीएस बीएमडब्लूको ४२० सीसी इन्जिन आर्किटेक्चरमा आधारित छ । तर कम्पनीले यसको बोर र स्ट्रोकलाई हाई पावर, पर्फमेन्स र टर्क दिने हिसाबले तयार पारेको छ ।

मोटरसाइकलमा कनेक्टिभिटी सिस्टम सहितको टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल, ट्रयाक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, एलईडी प्रोजेक्टर हेड्ल्याम्प, कर्नरिङ लाइटिङ, डबल च्यानल एबीएस, कर्नरिङ एबीएस, फ्रन्टमा डबल डिस्क र रियरमा सिंगल डिस्कब्रेक, ट्राभलिङ सस्पेन्सन सेटअप जस्ता अत्याधिक एड्भान्स फिचरहरु छन् ।

नोर्टन एटलस स्ट्यान्डर्ड र एटलस जीटी गरी दुई भेरियन्टमा आउने छ । स्ट्याण्डर्ड भेरियन्टलाई कम्पनीले मिक्स सरफेस राइडिङका लागि डिजाइन गरेको छ । यसको फ्रन्टमा १९ र रियरमा १७ इन्चको स्पोक ह्वील छ ।

एटलस जीटी भेरियन्टमा भने अगाडि र पछाडि नै १७ इन्चको अलोय ह्वील रहेको छ । यसलाई कम्पनीले निकै अफरोड र लामो टुरिङ पर्पस डिजाइनमा तयार गरेको छ ।

भारतीय बजारमा यो मोटरसाइकल ५ लाख हाराहारी भारुमा सार्वजनिक गर्न सक्ने अनुमान गरिएको छ ।


Back_to_top