काठमाडौं । रोयल इनफिल्डको नयाँ बीएस ६ अपडेटेड भेरियन्टको हन्टर ३५० नेपाली बजारमा उपलब्ध भएको छ ।नेपालमा रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले गत शनिबारदेखि बिक्री सुरू गरेको हो ।
कम्पनीले हन्टर ३५० को दुई भेरियन्ट उपलब्ध गराएको छ । जसमा सिंगल टोन कलर भेरियन्टको मूल्य ४ लाख ९४ हजार ९०० र डबल टोन कलर भेरियन्टको मूल्य ४ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।
नेपाली बजारमा नयाँ इन्जिन सेटअपमा आएको हन्टर ३५० मा केही फिचर थप र केही पार्टसहरू परिवर्तन भएको छ । अहिले मूल्य र यसमा भएका फिचरका कारण यो मोटरसाइकल चर्चामा छ । यहाँ हामीले हन्टर ३५० का आकर्षक फिचर र पार्टसको बारेरमा चर्चा गरेका छौं ।
इन्जिन
नेपालमा यसअघि उपलब्ध हन्टरमा बीएस ४ इन्जिन थियो । कम्पनीले ल्याएको नयाँ हन्टरमा बीएस ६ इन्जिन पाउन सकिन्छ । यो रोयल इनफिल्डको नयाँ जे सिरिज प्लेटफर्ममा निर्माण भएको हो ।

हन्टरमा ३४९ सीसीको, सिंगल सिलिण्डर, फ्युल इन्जेक्टेड, एसओएचसी एयर एण्ड आयल कुल्ड इन्जिन दिइएको छ । यो ओबीडी टू माप्दण्डमा निर्माण भएको नयाँ इन्जिन हो । यो इन्जिनले अधिकतम २०.२ हर्सपावर तथा २७ एनएमको टर्क जेनेरेट गर्छ ।
ग्राफिक्स डिजाइन
रोयल एनफिल्डको नयाँ हन्टर ३५० कम्प्याक्ट नियो रेट्रो रोडस्टर ग्राफिक्स डिजाइनमा छ । यसमा दिइएको ग्रफिक्स कलर डिजाइन पूरै नयाँ हो । यो कम्पनीको ३५० सीसी लाइनअपमा सबैभन्दा मोर्डन, एर्गोनोमिक्स र स्ट्रीट ओरियन्टेड ग्राफिक्स डिजाइनको मोटरसाइकल हो ।
अन्डरपेनिंग्स
नयाँ हन्टरमा परिमार्जित ह्यान्डलबार पोजिसन, थप आरामदायी सिट कुशनिङ र रियरमा नयाँ ट्युन गरिएको प्रिलोड एड्जस्टेबल डबल सक अब्जर्बार छ । नयाँ सस्पेन्सन सेटअपका कारण यसको ग्राउण्ड क्लियरेन्स १० एमएम बढेर १६० एमएम पुगेको छ ।

स्लिप एण्ड असिस्ट क्लच
यो मोटरसाइकलमा स्लिप एण्ड असिस्ट क्लच सिस्टम नयाँ फिचरका रूपमा थपिएको हो । यसले क्लचको उपयोगमा निकै सजिलो र हल्का बनाउँछ ।
डबल च्यानल एबीएस
कम्पनीले सुरक्षाका हिसाबले मोटरसाइकलमा डबल च्यानल एबीएस दिएको छ । यसले ब्रेकिङ सिस्टमलाई निकै मजबुत बनाउन मद्दत गर्छ ।
नयाँ हेडलाइट सेटअप
यसमा राम्रो भिजिबलिटी देखाउने एलईडी हेड्ल्याम्प सेटअप दिइएको छ । पुरानोको तुलनामा यसले रातिको अँध्यारो समयमा मोटरसाइकल चलाउँदा निकै सहज हुने देखिन्छ । साथै, टेल लाइट पनि नयाँ छ ।

क्लस्टर
यसमा ट्रिपर नेभिगेसन प्यानल जोड्न मिल्ने सुविधासहितको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । कनेक्टिभिटी सिस्टम सुविधा पनि अप्सनल रूपमा पाइन्छ ।
कलर अप्सन
हन्टर मा दिइएको नयाँ कलर अप्सन विश्वका चर्चित सहरहरूबाट प्रेरित छ । यो टोकियो ब्ल्याक, लन्डन रेड, रियो ह्वाइट र ग्राफाइट ग्रे गरी ४ कलर अप्सनमा उपलब्ध छ ।


