काठमाडौं । पछिल्लो समय नेपाली बजारमा विभिन्न ब्रान्डका मोटरसाइकलको बिक्री वितरण भैरहेको छ । मोटरसाइकल किन्न र चढ्न चाहने मानिसको संख्या बढेसँगै रोजाइ, इच्छा र ग्राहकको क्षमता अुनसारका मोटरसाइकल उत्पादन भैरहेका छन् ।
आकर्षक बनोट, उच्च पर्फमेन्स र आकर्षक मूल्यका मोटरसाइकल नेपाली बजारमा उपलब्ध रहेका छन् । यसैबीच, हामीले बनावट, मूल्य, इन्जिन पावर क्षमता, विशेषता लगायतका पक्षमा निक्कै समानता रहेका तर, एक अर्कामा प्रतिस्पर्धा गरिरहेका पल्सर एनएस २००, यामाहा एफजेड २५ र टीभीएस अपाचे आरटीआर २०० ४भी बीच तुलनात्मक विश्लेषण गरेका छौं ।
इन्जिन
पल्सर एनएनस २०० मा १९९.५ सीसी लिक्वीड कुल्ड कार्बुरेटर फोर सिलिन्डर इन्जिन लगाइएको छ । यसले ९ हजार ५ सय आरपीएममा २३.१७ बीएच पावरका साथै ८ हजार आरपीएममा १८.३ एनएम टर्क उत्पादन गर्छ ।
यसमा सेल्फ स्टार्ट मेकानिज्म, ६ स्पीड गियरबक्स दिइएको छ भने, वेट मल्टी डिस्क हाइड्रोलिक क्लच लगाइएको छ ।

यामाहा एफजेड २५ मा टु सिलिन्डर एयरकुल्ड एफआई इन्जिन लगाइएको छ । यसले ८ हजार आरपीएममा २०.६ बीएच पावरका साथै ६ हजार आपीएममा २० एनएम टर्क उत्पादन गर्छ । यसमा पाँच स्पीड गियरबक्स र वेट मल्टी डिस्क हाइड्रोलिक क्लच दिइएको छ ।
त्यसैगरी, टीभीएस अपाची आरटिआर २०० फोर भीमा फोर भल्भ, कार्बुरेटर इन्जिन लगाइएको छ । यसले ८ हजार ५ सय आरपीएममा २०.२ बिएचपी पावरका साथै ७ हजार आरपीएममा १८.१ एनएम टर्क उत्पादन गर्छ । यसमा आयल कुलरसँगै र्याम एयर असिस्टको विशेषता दिइएको छ । यसमा ५ स्पिड गियरबक्ससँगै एआरटी स्लिपर क्लच लगाइएको छ ।
माइलेज र टपस्पीड क्षमता
पल्सर एनएनस २०० र टीभीएस अपाची आरटिआर २०० फोर भीमा समान १२ लिटर इन्धन क्षमताको इन्धन ट्यांकी लगाइएको छ । भने यमाहा एफजेड २५ मा १४ लिटर क्षमताको इन्धन ट्यांकी दिइएको छ ।
पल्सर एनएनस २०० ले प्रतिलिटर ३५ किलोमिटर माइलेज प्रदान गर्छ । यसको टपस्पीड क्षमता प्रतिघन्टा १३६ प्रतिकिलोमिटर रहेको छ। यस्तै, यमाहा एफजेड २५ को टपस्पीड क्षमता प्रतिघन्टा १४३ किलोमिटर रहेको छ । यसले प्रटिलिटर ३० किलोमिटर माइलेज दिन्छ । त्यसैगरी टीभीएस अपाची आरटिआर २०० फोर भीको टपस्पीड क्षमता प्रतिघन्टा १३५ किलामिटर रहेको छ भने, माइलेज ३२ किलोमिटर प्रतिघन्टा रहेको छ ।
डायेमेन्सन र तौल
पल्सर एनएनस २००को तौल १५२ केजी रहेको छ । यसको लम्बाइ २०१७ एमएम, चौडाई ८०४ एनएम र उचाई १०७५ एमएम रहेको छ । यसमा १३६३ एमएम को ह्वीलवेश र १६७ एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ । यसको सिट हाइट ८०५ एमएम रहेको छ ।

यस्तै, यामाहा एफ जेड २५ को तौल १४८ केजी, लम्बाई २०१५ एमएम, चौडाई ७७० एमएम, उचाई १०७५ एमएम रहेको छ । १३६० एमएमको ह्वीलवेश दिइएको मोटरसाइकलमा ग्राउन्ड क्लियरेन्स १६० एमएम रहेको छ । यसको सिट हाइट ७९५ एमएम रहेको छ ।
टीभीएस अपाची आरटिआर २०० फोर भीको तौल १४९ केजी, लम्बाई, २०२० एमएम, चौडाई ७९० एमएम र उचाई ११०५ एमएम रहेको छ । १३५३ एमएम ह्वीलवेश भएको मोटरसाइकलमा १८० एमएम ग्राउन्ड क्लियरेन्स र ८०० एमएम सिट हाइट रहेको छ ।
चेसिस सस्पेन्सन, टायर र ब्रेक
पल्सर एनएनस २०० मा प्रेश स्टिल प्रेमिटर फ्रेमको चेसिस दिइएको छ। यसको फ्रन्ट साइडमा टेलिस्कोपिसँगै एन्टी फ्रिक्शन बुश सस्पेन्सन र रियरमा निक्ट्रोक्स मनोशक एब्जर्बर दिइएको छ । यसको फ्रन्टमा ३०० एमएम र रियरमा २३० एमएमको पेटल डिस्क विथ फ्लटिंग क्लापिलर ब्रेक दिइएको छ ।
यामाहा एफजेड २५ मा डायमन्ड चेसिस, फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा स्विंग आर्म दिइएको छ । यसको फ्रन्टमा २८२ एमएम र रियरमा २२० एमएम हाइड्रोलिक सिंगल डिस्क ब्रेक लगाइएको छ ।

टीभीएस अपाची आरटिआर २०० फोर भी मा डबल क्राडल स्प्लिट स्क्रान्को स्टिफ फ्रेम लगाइएको छ । फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा मनोशक दिइएको छ । तिन ओटै मोटरसाइकलमा १७ इन्चको अलोय ह्वील लगाइएको छ भने यसको फ्रन्टमा २७० एमएम र रियरमा २४० एमएमको डिस्क ब्रेक लगाइएको छ ।
विशेषता
तिन ओटै मोटरसाइकलमा एलइडी लाइट दिइएको छ । पल्सर एनएनस २०० मा रोड ग्रिप प्रदान गर्ने रियर टायर, एग्रेशिप र मस्कुलर लुक, ब्यालेन्स र स्टेबिलीटीको फिचर दिइएको छ । यसमा उत्कृष्ट ब्रेकिंग, एएचओ, बिएसआइभी इन्जिन दिइएको छ । यसमा एनालग टेकोमिटर र अन्य दुर्इ मोटरसाइकलमा डिजीटल टेकोमिटर दिइएको छ भने तिन ओटै मोटरसाइकलमा डिजीटल स्पिडोमिटर दिइएको छ । यामाहा एफजेड २५ र टीभीएस अपाची आरटिआर २०० फोर भी मा फ्युल वार्निङ इन्डिकेटर दिइएको छ । तीन ओटै मोटरसाइकलमा फ्युल गेज, पिलीन ग्राबेल, इन्जिन किल स्विच, क्लक, डिजीटल ट्रिप मिटर टाइप, ट्रिपमिटर काउन्ट र पास लाइट दिइएको छ ।
मूल्य
बजाज एनएस २०० को मूल्य ३ लाख १९ हजार रुपैयाँ रहेको छ भने यामाहा एफजेड २५ को मूल्य ३ लाख ८९ हजार रहेको छ । यस्तै टीभीएस अपाचे आरटीआर २०० ४ भी को मूल्य ३ लाख २५ हजार रहेको छ ।

