टोयोटाले २०२० सम्ममा आफ्ना सबै मोडलको इलेक्ट्रीक भर्सन ल्याउने

इलेक्ट्रीक सवारी भविष्यको सवारीको रुपमा आइसकेको छ । धेरै सवारी उत्पादक कम्पनीहरु इलेक्ट्रीक वा अन्य शून्य प्रदूषण सवारी प्रविधि उत्पादनमा लागि परेका छन् । जापानी कार उत्पादक कम्पनी टोयोटा प्लग–इन हाइब्रिड प्रविधिको पायोनियर नै हो । 

टोयोटाले २०२० सम्ममा अधिकांश सेगमेन्टमा इलेक्ट्रीक सवारी ल्याउने भएको छ । कम्पनी नयाँ व्याट्री इलेक्ट्रीक भेइकल (बीइभी) प्लेटफर्म लिएर आउने भएको छ  त्यस्तै टोयोटाले २०२५ सम्ममा बीइभी प्लेटफर्ममा १० नयाँ सवारी सार्वजनिक गर्ने योजना बनाएको छ । 

टोयोटाले दिगो निर्यात, प्रयोगमा बढोत्तरी र व्याट्रीको पुनःप्रयोगको विषयमा कम्पनीले काम गरिरहेको जनाएको छ । सी–एचआर बीइभी टोयोटाले बनाएको टोयोटा बीइभीको रेन्ज हुनेछ । २०२५ सम्ममा टोयोटाले बनाउने सबै रेन्जका सवारी इलेक्ट्रीक हुनेछ । 

टोयोटाले बनाउने १० मोडल मध्ये ६ वटा ग्लोबल मोडल हुनेछ भने बाँकी इ–टीएनजीए प्लेटफर्मयुक्त हुने जनाएको छ । ६ मोडल मध्ये कम्प्याक्ट कार जुन सुजुकी र डाइहात्सुसँग मिलेर बनाउने छ । अन्य मिडियम क्रसओभर, मिडियम सेडान, मिडियम मिनिभ्यान, मिडियम एसयूभी र ठूलो एसयूभी हुने छ ।


Back_to_top