टीभीएस एनटर्क तीन भेरियन्टको मूल्य बढ्यो

काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको अधिकृत विक्रेता जगदम्वा मोटर्सले आफ्नो सफल स्कुटर एनटर्क १२५ को मूल्य वृद्धि गरेको छ । कम्पनीले एनटर्क १२५ को तीन भेरियन्टको मूल्य वृद्धि गरेको हो ।

टीभीएस एनटर्क नेपाली बजारमा सर्वाधिक विक्री हुने प्रिमियम स्कुटर रहेको कम्पनीले दावी गर्दै आएको छ । नेपाली बजार सबैभन्दा धेरै भेरियन्टमा विक्री हुने १२५ सीसी स्कुटर एनटर्क १२५ नै हो ।

नेपालमा एनटर्कको ५ वटा भेरियन्टमा विक्री भइरहेको छ भने, निकट भविष्यमा नै नयाँ भेरियन्ट नेपाल आउने सम्भावना रहेको छ । केही समय अगाडि भारतमा एनटर्क १२५ एक्सपी सार्वजनिक भएको थियो, अब त्यहि भेरियन्ट नेपाल आउने सम्भावना रहेको छ ।

अहिले नेपालमा ५ भेरियन्टमा विक्री भइरहेको एनटर्क १२५ को तीन भेरियन्टको मूल्य वृद्धि भएको हो । एनटर्क डिस्क, एनटर्क सुपर स्क्वाड र एनटर्क रेश एडिशनको मूल्य ४ हजार रुपैयाँ वृद्धि भएको हो ।

मूल्य वृद्धि पश्चात् एनटर्क रेश एडिशनको मूल्य २ लाख ६९ हजार ९०० रुपैयाँ, डिस्कको मूल्य २ लाख ५३ हजार ९०० रुपैयाँ र सुपर स्क्वाडको मूल्य २ लाख ७४ हजार ९०० रुपैयाँ पुगेको छ ।

त्यसैगरी एनटर्क ड्रम र बीएस ६ भर्सनको मूल्य भने यथावत राखिएको छ । एनटर्क ड्रमको मूल्य २ लाख २१ हजार ९०० रुपैयाँ र बीएस ६ भर्सनको मूल्य २ लाख ७७ हजार ९०० रुपैयाँ रहेको छ ।

यस्तो छ स्कुटर

एनटर्क १२५ मा १२४.८ सीसी, ३ भल्भ, एयरकुल्ड, इन्जिन रहेको छ । यो इन्जिनले ७००० आरपीएममा ९.१ बीएच पावर तथा ५५०० आरपीएममा १०.५ एनएम टर्क जेनेरेट गर्छ । अपडेटेड स्कुटरमा ०.८ लिटर इन्धन क्षमता थप गरिएको छ । बीएस ६ एनटर्कमा ५.८ लिटर इन्धन राख्न सकिने भएको छ ।

नयाँ एनटर्कमा टीभीएस स्मार्ट कनेक्टको सहायतामा नेभिगेसन, अन्तिम समयमा पार्किङ गरेको स्थान, कल तथा एसएमएस नोटिफिकेसन जस्ता फिचर रहेको छ । यसका अलावा यसमा राइड स्टाटिस्टीक्स, ल्याप टाइमर, ०-६० एशेलेरेसन टाइमर तथा मोड परिवर्तन गर्न सकिने छ । यो फिचर टप भेरियन्टमा मात्रै पाउन सकिन्छ ।

सस्पेन्स सबै भेरियन्टमा एउटै रहेको छ । फ्रन्टमा टेलिस्कोपिक तथा रियरमा ग्यास चार्जड मोनोसक सस्पेन्सन रहेको छ । यो स्कुटरको फ्रन्टमा २२० एमएमको डिस्क ब्रेक रहेको छ भने रियरमा १३० एमएम ड्रम ब्रेक रहेको छ ।

यसमा फुल डिजिटल एलसीडी कन्सोल, फुल एलइडी हेडलाइट तथा टेल लाइट जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top