हुन्डाई र एलजीले संयुक्त लगानीमा व्याट्री बनाउने

काठमाडौं । दुई कोरियन व्यवसायीक जाइन्ट कम्पनी हुन्डाई मोटर्स ग्रुप र एलजी इनर्जी शोलुसनले इन्डोनेशियामा संयुक्त लगानीमा कारको लागि आवश्यक व्याट्री उत्पादन प्लान्ट स्थापना गर्ने भएका छन् । यस विषयमा कम्पनीले इन्डोनेशिया सरकारसँग सम्झौँता गरेको हो ।

दुबै कम्पनीको ५०/५० प्रतिशत सेयर हिस्सा रहने उक्त फ्याट्रीबाट सन् २०२३ को पहिलो क्वाटरबाट उत्पादन सुरु हुने अनुमान गरिएको छ । यस प्लान्टबाट वार्षिक १० गिगावाट आवर उत्पादन गर्ने लक्ष्य लिएको र उक्त व्याट्रीले वार्षिक १ लाख ५० हजार इलेक्ट्रीक कार उत्पादन गर्न पुग्ने जनाइएको छ ।

उक्त व्याट्री प्लान्ट स्थापना गर्न १ अर्व १० कारोड डलर लगानी गर्ने इन्डोनेशिया सरकारसँग भएको सम्झौँतामा उल्लेख छ । यसरी उत्पादन भएका व्याट्री हुन्डाई, आयोनिक, किया र जेनीसस् ब्राण्डमा प्रयोग हुनेछ । हुन्डाईले उत्पादन गर्ने इलेक्ट्रीक कार इलेक्ट्रीक ग्लोवल मोडुलर प्ल्याटफर्ममा तयार हुनेछ ।

सन् २०२० देखि नै व्याट्री उत्पादनमा आक्रमक तरिकाले अगाडि बढेको एलजी इनर्जी शोलुसनले इन्डोनेशिया सरकारसँग ९ अर्व ८० करोड डलर बराबरको व्याट्री उत्पादन गर्ने सम्झौँता गरेको थियो ।

यी दुबै कम्पनीले इन्डोनेशियालाई रोज्नुको मुख्य कारण त्यहाँको निकेल उत्पादनलाई हेरेर हो । जुन इलेक्ट्रीक कारको व्याट्री उत्पादन गर्न आवस्यक पर्छ । व्याट्री उत्पादनमा आफैँ लगानी गरेर अगाडि बढेको हुन्डाईले विद्युतीय गाडी उत्पादनलाई प्रमुखताको साथ अगाडि बढाएको छ ।


Back_to_top