१५० सीसीको आकर्षक मोटरसाइकल अहिले चर्चामा

काठमाडौं । साना मोटरसाइकल पनि निकै आकर्षक डिजाइनमा आउन थालेका छन् । यस्तै एउटा मोटरसाइकल चिनियाँ कम्पनीले बजारमा ल्याएको छ । चिनियाँ कम्पनी जोङसेन मोटर्सले जोङसेन १५० आर मोटरसाइकल बजारमा ल्याएको हो ।

करिब १ लाख ६३ हजार नेपाली रुपैयाँमा चीनमा विक्री सुरु भएको यो मिनि मोटरसाइकल लाइफ स्टाइल प्रोडक्टको रुपमा बजारमा आएको हो । यो मोडल अहिले निकै चर्चामा रहेको छ ।

झट्ट हेर्दा निकै आकर्षक लाग्ने जोङसेन १५० आरमा हेलोजिन हेडलाइट, ब्राइट कलर कम्बीनेसन, एमभी अगस्टाबाट प्रेरित ब्रुटेल एस्क्यू एग्जस्ट प्रयोग भएको छ ।

कम्पनीले यसमा १५० सीसी क्षमताको एयर कुल्ड इन्जिन दिएको छ । उक्त इन्जिनले १०.६ पीएस पावर र ११.५ एनएम टर्क प्रदान गर्छ । अन्तर्राष्ट्रिय बजारमा होन्डा ग्रोम,, पियाजीयो पीवाई १५० जस्ता मोडलसँग यसको प्रतिस्पर्धा हुनेछ ।

जोङसेन १५० आरमा अगाडि यूएसडी फर्क र पछाडि मोनोशक सस्पेन्सन दिएको छ । दुबै चक्कामा डिस्क ब्रेक प्रयोग भएको यो मोटरसाइकलमा १८ इन्चको ह्वील रहेको छ ।


Back_to_top