काठमाडौं । भारतमा विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको उत्पादन तिब्र गतिमा बढ्दै गएको छ । भारतमा बनेका इलेक्ट्रीक दुई पाङ्ग्रे साधन नेपाल पनि आउन थालेका छन् । यही क्रममा यामाहाको आर १५ जस्तै देखिने फुल फियर्ड इलेक्ट्रीक मोटरसाइकल नेपाल आएको हो ।
ओडेसी नामक कम्पनीले उत्पादन गरेको इभोक्वीस नाम गरेको मोटरसाइकल इ-गो अटोमोटिभ्सले नेपाली बजारमा ल्याएको हो । कम्पनीले काठमाडौंको नक्सालमा शोरुम संचालनमा ल्याएसँगै मोटरसाइकलको विक्री सुरु गरेको छ ।

इभोक्वीस मोटरसाइकल पूर्णत आधुनिक फिचरले भरीपूर्ण रहेको छ । कम्पनीले यसमा एलइडी प्रोजेक्टर हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पाउन सकिन्छ ।
यसको डिजिटल क्लष्टरमा ब्याट्रीको अवस्था, स्पीड, ट्रिप मिटर, ओडो मिटर, टर्न इन्डिकेटरको विषयमा जानकारी दिन्छ । मोटरसाइकलको दुबै ह्वील १७ इन्चको दिइएको छ । साथै, यसमा सियटको जुम एक्सएल टायर पाउन सकिन्छ ।
पछाडि चक्काको नजिकै दिइएको ब्याट्री चार्जिङ पोर्ट दिइएको छ । कम्पनीले यसमा ४.२ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिएको छ । यसमा ३ किलोवाटको बोस्चले बनाएको इलेक्ट्रीक मोटर पाउन सकिन्छ । सेन्ट्रल इन्स्ट्रीच्यूट अफ रोड ट्रान्सपोर्ट (सिआईआरटी)का अनुसार यसलाई एक पटकको फुल चार्जमा १५० किलोमिटर गुडाउन सकिन्छ । यसलाई सामान्य घरायसी विजुलीमा १५ वाटको चार्जरले फुल चार्ज गर्न ६ घन्टा लाग्ने छ ।
इभोक्वीस मोटरसाइकलमा तीन प्रकारको राइडिङ मोड उपलब्ध छ । जसमा ड्राइभ, स्पोर्टस् र रिभर्स छन् । कम्पनीले यसको मूल्य ४ लाख ५० हजार निर्धारण गरेर विक्री सुरु गरेको हो ।

