बहुचर्चित ओला इलेक्ट्रीक स्कुटरमा आगलागी

काठमाडौं । भारत बुकिङ खुल्ला गरेको केही घन्टामा नै रेकर्ड बुकिङ लिएर तहल्का मच्चाएको इलेक्ट्रीक स्कुटर ओलामा अचानक आगलागी भएको छ । भारतको पुर्णे स्थित बाटोको छेउमा पार्क गरिराखेको स्कुटरमा अचानक आगलागी भएको अटोकार इन्डियाले उल्लेख गरेको छ ।

यस आगालागीबाट स्कुटर पूर्ण रुपमा क्षती भको भएपनि मानवीय क्षती भने नभएको समाचार आएको छ ।

सडकको किनारामा पार्किङ गरिएको निलो कलरको ओला एसवान स्कुटरमा अचानक आगो लागेको थियो । सुरुमा बडीको तल्लो भागबाट बाक्लो सेतो धुँवा निस्केको र केही समयमा नै ठूलो आगो लागेको थियो । आगलागी भिषण भएका कारण यो स्कुटरको ब्याट्री नै पड्किएको अनुमान गरिएको छ ।

आगलागीको मूख्य कारण पुस्टी नभएपनि ओभर हिटिङ, इलेक्ट्रीक सर्ट सर्किट, र्यापिड डिस्चार्ज, ओभर चार्जिङ, गलत चार्जरको प्रयोग, कुलीङ सिस्टममा समस्या आदिका कारण हुन सक्ने देखिन्छ । आगलागी हुँदा स्कुटर भने चार्जमा जोडिएको देखिदैन ।


Back_to_top