सुजुकीले नयाँ जिक्सर १५५ सँगै यस्ता एसोसरिज पनि ल्यायो

सुजुकी मोटरसाइकलले भारतीय बजारमा जिक्सर १५५ को फेसलिफ्ट मोडल केही दिनअघि सार्वजनिक गरेको थियो । यसमा एलइडी हेडल्याम्प डिजाइन, चिल्स फ्युल ट्यांक, जिक्सर ग्राफिक्सको विशेषता दिइएको छ भने यसमा १२ लिटरको इन्धन ट्यांकी लगाइएको छ ।

अल ब्ल्याक र अल सिल्भर कलरमा आएको उक्त बाइकको आधिकारीक एसोररिजहरु कम्पनीले ल्याएको छ । जसमा बाइक किन्ने मानिसले फिउल ट्याङ्कीमा नयाँ ग्रफिक्स थप गर्न सक्ने छन् । त्यसको लागि अतिरिक्त रकम भने खर्च गर्नु पर्ने हुन्छ ।

ट्याक्ङ्क प्रोटेक्टर पनि कम्पनीले ल्याएको अर्को नयाँ एसोसरिज हो । साथै, बाइकमा दिइएको भन्दा आर्कषण सिट कभरपनि खरिदकर्ताले पछि लगाउन सक्ने छन् । मोवाइल चार्जगर्न डीसी सकेट पनिपछि थप गर्न सकिने छ । 

क्लच र गियर लिभर गार्ड पनि कम्पनीले एसोसरिजको रुपमा बजारमा ल्याएको छ । भने बम्परमा बास्केटपनि पछि थप गर्न सकिने कम्पनीले जनाएको छ ।    


Back_to_top