ओकिनवाको इलेक्ट्रीक मोटरसाइकल, कहिले आउला नेपाल

काठमाडौं । ओकिनवाले मोटरसाइकल उत्पादनमा हात हालेको छ । हालसम्म इलेक्ट्रीक स्कुटर मात्र निमार्ण गर्दै आएको कम्पनीले अब मोटरसाइक निर्माण गर्ने भएको हो ।

अघिल्लो वर्षदेखि नेपाल ल्याउने तयारी भइरहेको ओकिनवा ब्राण्ड अहिलेसम्म नेपालमा आउन सकेको छैन । यद्यपी ओकिनवाको नेपालको लागि आधिकारीक वितरक नियुक्त भएको फच्र्यूना अटोमोवाइलले इलेक्ट्रीक स्कुटरको दर्ता लगायतका प्रकृया भने पुरा गरिसकेको छ ।

भारतीय बजारमा इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटरको बिक्री बृद्धि भइरहेको छ । यससँगै नयाँ नयाँ कम्पनीले इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल उत्पादन गर्ने क्रम बढ्दो रहेको छ । आगामी दशैंसम्ममा ओकिनवा ब्राण्ड नेपाली बजारमा आउने कम्पनीले जनाएको छ ।

भारतीय स्टार्ट अप कम्पनीकाे रुपमा स्थापना भएको इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी ओकिनवा निकट भविष्यमा नै इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गर्ने जनाएको छ । कम्पनीले बनाउने मोटरसाइकल ओकी १०० रहेको छ । यो मोटरसाइकलमा १२५ सीसी मोटरसाइकलको पावर जेनेरेट गर्ने जनाइएको छ ।

ओकी १०० को कन्सेप्ट मोटरसाइकलका अनुसार यसमा ७२ भोल्ट ६३ एएच लिथिएम आयन ब्याट्री रहने छ । यसको टप स्पीड १०० किलोमिटर प्रतिघन्टा रहेने छ । एकपटकको फुल चार्जमा १५० किलोमिटर यात्रा गर्न सकिने कम्पनीको दावी रहेको छ । फास्ट चार्जिङ सुबिधा रहेको यो स्कुटरलाई घरायसी विजुलीबाट चार्जगर्दा २ घन्टामा फुल चार्ज हुन्छ ।

यसमा फुल डिजिटल इन्स्टुमेन्ट कन्सोल रहेको छ । यसका साथै यसमा स्मार्ट कनेक्ट सुबिधा रहने छ । मोनो च्यानल एबीएस, एलइडी हेडल्याम्प तथा टेलल्याम्प, डबल डीस्क जस्ता फिचर रहने छ ।

कम्पनीका अनुसार स्थानीय स्रोत साधन प्रयोग गरेर यो मोटरसाइकल निर्माण गर्ने जनाएको छ । ब्याट्री मात्र आयातित सामान रहने कम्पनीले जनाएको छ । कम्पनीले यो मोटरसाइकल २०२० को नोभेम्वरमा सार्वजनिक गर्ने जनाएको छ ।


Back_to_top