नेपालमै पहिलो पटक अनलाईनबाटै कार किन्ने सुविधा, २ लाखसम्म नगद छुट पाइने

काठमाडौं । टाटा मोटर्सको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले नेपालमै पहिलो पटक अनलाइनबाट कार किन्ने सुविधा प्रदान गर्ने भएको छ । कम्पनीले लामो लकडाउन विस्तारै खुल्दै गएको भएपनि सामाजिक दुरी कायम गर्नु पर्ने अवस्था रहेकाले अनलाईन सुविधा ल्याएको जनाएको छ ।

‘हामीले ग्राहकलाई उहाँ कै घरबाटै सबै सुविधा प्रदान गर्नेगरि अनलाईन गाडी खरिद बिक्री गर्ने प्ल्याटर्फम तयार पारेका छौं । यसले नेपालमा कार किन्न चाहनेलाई अनलाईन सेवा प्रदान गर्ने छ’, सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले मेरोअटोसँग भने ।

श्रेष्ठका अनुसार ग्राहकलाई सामाजिक दुरी कायम राख्दै आफ्नो पुरानो गाडी बिक्री गर्ने, नयाँ गाडी छनोट गर्ने, बैंकिङ प्रकृया सुरु गर्ने, टेष्ट ड्राइभ बुकिङ गर्ने र घरमा नै गाडी डेलिभरी दिनेसम्मका सबै काम अनलाइनबाटै गर्न सकिने छ ।

कम्पनीले आफ्ना उत्पादनको उपभोक्ताको रिभ्यूसमेत अनलाइनमा राखेको छ । यसका साथै अनलाइनबाट गाडी किन्ने ग्राहकलाई २ लाखसम्मको नगद छुट र एक वर्षको सबै किसिमको सर्भिसमा छुट दिने व्यवस्था गरेको छ ।

कोभिड १९ को चपेटमा पनि अग्रभागमा रहेर काम गरिरहेका स्वाथ्य क्षेत्रका मानिसहरुलाई थप ५० हजार रुपैयाँ नगद छुटको व्यवस्था गरेको छ ।

कम्पनीले गाडी बुकिङ बापतको रकम पनि इसेवा वा फोनपेको प्रयोगबाट घरमै बसेर गर्न सक्ने छन् ।

सिप्रदीले ल्याएको अनलाइन सेवामा पुराना गाडी बिक्री गर्ने र नयाँ गाडी किन्न चाहने मानिसले आफ्नो पुराना गाडीको तस्विर अपलोड गराएर मूल्यङ्कन गर्न सक्ने जनाइएको छ ।

साथै, यी सेवा लिन चाहने मानिसलाई थप जानकारी चाहिएमा अनलाइनबाटै प्रत्यक्ष कुराकानी गर्न सक्ने छन् । अहिले लकडाउन कै अवधी रहेकाले सरकारी निर्देशन अनुसार मात्रै टेष्ट ड्राइभ र गाडी डेलिभरीको प्रकृया चल्ने कम्पनीले जनाएको छ ।

टाटाले अहिले बिक्री गर्दै आएको एच५, नेक्सन, टियागो, टिगोर र एनआरजी मोडल किन्न चाहनेले विशेष अफर पाउने छन् । त्यसमध्ये एच५ मा २ लाख रुपैयाँ नगद छुट हुने छ भने अन्य मोडलमा १ लाख ५० हजार रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।

अनलाइन सेवाको लागि tatacars.sipradi.com.np मा जान सकिने छ ।


Back_to_top