३२ करोडको कारमा ४० करोडको पेन्टस् !

नयाँ कार किनेपछि त्यसमा एसोसरिज थप गरेर कारलाई निकै आर्कषक बनाउने धेरै मानिसले शोख राख्ने गरेका हुन्छन् । तर, केही मानिसमा कार किनेर त्यसमा अनौठो कलर गर्ने चहना पलाउन सक्छ ।

अमेरिकामा रहेका एक ब्यवसायीले ३२ करोड रुपैयाँमा नयाँ कार ‘एस्टन मार्टिन भाल्कुयुरी’ किनेर त्यसमा स्पेशल पेन्टसको रुपमा चन्द्रमाको धुलो प्रयोग भएको पेन्टस लगाएका छन् । यसरी अनौठो शोख पाल्ने क्रिस सिंह अमेरिकी ब्यवसायी हुन् । यो कार विश्वमा १५० युनिट मात्र रहेको छ ।

कति पर्छ पेन्टस्को ?

धेरै मानिसले यो कुरा विस्वास नगर्न सक्छन् तर क्रिस सिंहले सोचेको चन्द्रमाको विशेष धुलोको प्रयोग गर्दा पुरै कार कलर गर्न ४० करोड रुपैयाँ खर्च लाग्ने थियाे ।

जालोपनिक एजेन्सीले गरेको अनुमान अनुसार अपोलो स्पेश यानमा आएको चन्द्रमाको धुलोको प्रतिग्राम ५० हजार डलरमा बिक्री हुने गरेको हल्ला भएपनि, यसको धुलो बिक्री गर्न प्रतिवन्ध लगाइएको छ ।

यदी यसलाई नै आधार मानेर पेन्टस् भएको भए यो ‘एस्टन मार्टिन भाल्कुयुरी’ पुरै पेन्टस् गर्न ४० करोड रुपैयाँ लाग्ने छ ।

अर्को यस्तो धुलो पाउने माध्यम पिन्डहरु खसेको खन्डमा हो । यसरी खसेका पिन्डको धुलो १ हजार डलरमा पाउन सकिन्छ । यदी यो दोस्रो किसिमको धुलोले पुरै ‘एस्टन मार्टिन भाल्कुयुरी’ पेन्ट गर्ने हो भने यसमा करिब १ करोड रुपैयाँ लागने छ ।

यसरी गरियो पेन्टस्

क्रोसिरिज नामक पेन्टस् पसलले उल्कापिन्डको धुलोलाई लुनर रेड पेन्टसमा मिसाएर एक स्पेशल पेन्ट तयार गरेको थियो । उक्त पेन्टसलाई ‘एस्टन मार्टिन भाल्कुयुरी’मा लगाइयो ।


Back_to_top