पार्किङमा महानगरले समाए अब ५ हजार जरिवाना !

काठमाडौं । काठमाडौं महानगरपालिकाले नो पार्किङमा पार्किङ गरेका सवारीसाधनमा लाग्दै आएको जरिवाना शुल्क वृद्धि गरेको छ । महानगरले आर्थिक वर्ष २०७५–७६ को बजेट मार्फत अनाधिकृत पार्किङ गर्ने सवारी साधनको जरिवाना वढाको हो ।

यसअघि काठमाडौं महानगरपालिकाले अनाधिकृत रुपमा पार्किङ गर्ने दुई पाङग्रे र चार पाङ्ग्रे सवारीसाधनलाई एक हजार रुपैयाँ जरिवाना तिराउँदै आएको थियो ।

अब, मोटरसाइकलको अनाधिकृत पार्किङ गरे वापत जरिवाना शुल्क एक हजारबाट ५०० रुपैयाँ बढाएर १ हजार ५ सय रुपायाँ पुर्याइएको छ, भने चारपाङग्रे हलुका सवारीसाधनको जरिवाना ३ हजार रुपैयाँ पुर्याइएको छ । 

साथै,  ३ पाङ्गे सवारीसाधनको पार्किङ शुल्क एक हजार रुपैयाँबाट बढेर २ हजार ५ सय रुपैयाँ पुग्दा ठूला चार पाङ्ग्रे सवारीसाधन अनाधिकृत पार्किङ गर्नेलाई ५ हजार रुपैयाँ जरिवाना तोेकिएको छ ।


Back_to_top