पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ बढाएको छ ।

भारतको इन्डियन आयल कर्पोरेसनले भाउ बढाएका कारण नेपालमा मूल्य समायोजन गरिएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।  निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ प्रति लिटर २ रुपैयाँले बढाएको छ ।

काठमाडौं उपत्यकामा पेट्रोलको भाउ प्रतिलिटर १ सय ९ रुपैयाँ र मट्टितेल र डिजलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने बढाइएको छैन ।


Back_to_top