काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य बढाएको बढाएको छ ।
निगमले सोमबार मध्य रातिदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । त्यस्तै, डिजेल र मट्टीतेलको प्रतिलिटर ४ रुपैयाँ बढाएकोे हो ।
मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६२.५० रुपैयाँ, दोस्रो वर्गमा १६४ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, डिजेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १४६. ५० रुपैयाँ, दोस्रो वर्गमा १४८ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।
त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ५१ अमेरिकी डलर बढाइएको छ ।

