काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य समायोजन गरेको छ ।
निगमले मंगलबार बिहानदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ ।
निगमले डिजेल र मट्टीतेलको मूल्य भने लिटरमै ४ रुपैयाँ घटाएको छ ।
मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८.५० रुपैयाँ, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ पुगेको छ ।
त्यस्तै, डिजेलको मूल्य भने घटेर पहिलो वर्गका लागि प्रतिलिटर १३९.५० रुपैयाँ, दोस्रो वर्गमा १४१ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४२ रुपैयाँ कायम भएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौं, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।
निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।


