फेरी घट्यो पेट्रोलको मूल्य

काठमाडौ‌ । नेपाल आयल निगलमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा २–२ रूपैयाँ मूल्य घटाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै नेपालमा पनि निगमले मूल्य घटाएको हो । अब पेट्रोल,  डिजेल र मट्टितेलको मूल्य क्रमश १ सय ८, रूपैयाँ र ९५ रूपैयाँ तोकिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी  दिए ।

पछिल्लो पटक पनि निगमले २ रुपैयाँको दरले मूल्य समायोजन गरेको थियो । तर, निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्यमा भने कुनै परिर्वतन गरिएको छैन ।  


Back_to_top