महिन्द्राको प्यूजो यात्राः इलेक्ट्रीक स्कुटरको तयारी

महिन्द्राले ५१ प्रतिशत सेयर किनेको कम्पनी प्यूजो टु ह्वीलरले आफ्नो आक्रमक बजार बिस्तार गरिरहेको छ । प्यूजो टु ह्वीलरमा महिन्द्रा कम्पनीले २१६ करोड भारतीय रुपैयाँ खर्च गरेर भारतको मध्य प्रदेशमा मोटरसाइकल तथा स्कुटर उत्पादन गर्दै आएको छ ।

कम्पनीले ५० सीसीदेखि ४०० सीसीसम्मका स्कुटर उत्पादन गर्दै आएको छ । उत्पादीत स्कुटरहरु यूरोपीयन बजारमा निर्यात भइरहेको छ । जसमा स्पेन, जर्मनी, पोर्चुगल, फिनल्यान्ड र फ्रान्समा सबैभन्दा बढी निर्यात हुन् देश हुन् । साथै, कम्पनीले केही अफ्रिकी र एसियाली बजारमा समेत आफ्नो उत्पादन बिक्री गर्दै आइरहेको छ ।

महिन्द्राले आगामी दिनमा ल्याउने प्रडक्टको लागि करिब १०० करोड भारु थप लगानी गरेर काम अगाडि बढाई रहेको छ । कम्पनीको नयाँ उत्पादन एक वर्ष भित्र बजारमा आउने अनुमान गरिएको छ । त्यसमा इलेक्ट्रीक सकुटर हुने धेरैले अड्कल काटेका छन् । 

अहिले महिन्द्राले तीनवटा टु ह्वीलर कम्पनीमा लगानी गरिरहेको छ, जसमा जावा, मोजो र प्यूजो ब्राण्ड रहेका छन् । यद्यपी कम्पनीले इलेक्ट्रीक उत्पादनमा काम गर्न नसकेको भन्दै निरासा समेत व्यक्त गरेको छ । 

त्यसैले कम्पनीले प्यूजोको इलेक्ट्रीक उत्पादनमा काम गर्न आफुहरु लागि परेको वताएको छ । मनिकन्ट्रोल मिडियाका अनुसार कम्पनीले आगामी वर्षसम्ममा नयाँ इलेक्ट्रीक उत्पादन बजारमा ल्याउने जनाएको छ । 


Back_to_top