एनटर्कको नयाँ एडिसन सार्वजनिक, कति पर्ला नेपालमा मूल्य

टीभीएस मोटर्स कम्पनीले आफ्नो पछिल्लो दिनमा चर्चामा रहेको एनटर्क स्कुटरको रेसिङ एडिसन सार्वजनिक गरेको छ । उक्त एडिसनमा फुल एलइडी हेडल्याम्प, सिग्नेचर एलइडी डिआरएलएस प्रदान गरेको छ । 

टीभीएस एनटर्क २०१८ मा स्कुटर अफ द इयरको अवार्ड बिजेता मोडल हो । नयाँ रेसिङ एडिसनमा पनि रेगुलर मोडलको जस्तै टी सेप टेलल्याम्प दिइएको छ । आर्कषक डिजाइनमा आएको डे–टाइम रनिङ एलइडी हेडल्याम्पले यो स्कुटरलाई अझै स्पोर्टी बनाएको छ । 

सार्वजनिक भएको छोटो समयमा भारतमा एक लाख यूनिट बिक्री गरेको यो स्कुटरले होन्डा ग्राजिया र सुजुकी बर्गम्यान जस्ता स्कुटरसँग सिधा प्रतिस्पर्धा गरिरहेको छ । कम्पनीले एनटर्क १२५ मा कुनै मेकानिकल परिर्वतन भने गरेको छैन । 

टीभीएस एनटर्क १२५ मा १२४.७ सीसी सिगंल सिलिन्डर, एयर कूल्ड इन्जिन रहेको छ । यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा स्मार्ट एक्सकनेक्ट द्धारा ब्लुटुथ कनेन्ट गरी कल डिटेल, जीपीएस जस्ता फिचरको प्रयोग गर्न सकिन्छ । अब आउने फेसलिफ्ट भर्सन भारत स्यान्डर्ड मापदन्ड अनुरुप हुने कम्पनीले जनाएको छ । 

नेपाली बजारमा समेत लोकप्रिय रहेको यो स्कुटर भारतीय बजारमा सार्वजनिक भएसँगै नेपाली बजारमा भित्रने छ । रेगुलर मोडलको मूल्य २ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ भने नयाँ रेसिङ मोडल करिब १० हजार रुपैयाँले महंगो पर्ने हामीले अनुमान गरेका छौं । 


Back_to_top