५० वर्षपछि ‘पोलो इलेक्ट्रीक’ परीक्षणमा

काठमाडौं । फक्सवागेन ग्रुपले आफ्नो ५० वर्ष पुरानो पोलो ह्याचब्याक कारको इलेक्ट्रीक भर्सन परीक्षण थालेको छ । कम्पनीले इलेक्ट्रीक पोलोलाई यही सेप्टेम्बर ८ तारिखदेखि सुरू हुने म्युनिख अटो शोमा प्रदर्शनी गर्ने भएको हो ।

म्युनिख अटो शो सेप्टेम्बर १४ तारिखसम्म चल्नेछ । फक्सवागेनको प्रिमियम ह्याचब्याक कार विल्कुलै नयाँ स्वरुपमा बजारमा आउने भएको हो । पोलो ह्याचब्याक कारको उत्पादन फक्सवागेनले सन् १९७५ बाट थालेको थियो ।

नेपालमा पनि सन् २०१० देखि नै पोलो ह्याचब्याक उपलब्ध थियो । भारतमा सन् २०२२ बाट उत्पादन बन्द भएसँगै नेपालमा पनि यसको बिक्री रोकिएको थियो । अब भने पोलो इलेक्ट्रीक पावरट्रेनमा आउने छ । नेपाल आउँछ वा आउँदैन अहिल्यै भन्न हतारो हुनेछ ।

फक्सवागेनले आफ्नो इलेक्ट्रीक सिरिज आइडीमा यसलाई ल्याउने छ । त्यसैले यसको नाम ‘आइडी पोलो’ हुने अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् ।

जर्मन निर्माताले आइडी पोलोलाई जीटीआर भर्सन समेत ल्याउने छ । इण्डिया र युरोपियन मार्केटमा राम्रो छाप रहेको फक्सवागेन पोलो अहिले पनि साउथ अफ्रिकामा भने उत्पादन र बिक्री भइरहेको छ । पोलोलाई क्वालिटी रिलायबीलीटी, टाइमलेस डिजाइन र इनोभेसनको पर्यावाची मानिन्छ ।

आइडी पोलो यही यसको बिक्री भने आगामी वर्षको सुरुवातबाट हुने अनुमान गरिएको छ । यसै वर्ष पोलोको उत्पादनको ५०औं वार्षिक उत्सव समेत रहेको छ । फक्सवागेनको पोलो पहिलो पटक सन् १९७५ मा उत्पादन शुरु भएको थियो ।

निकै मिनिमल स्टाइलिङ रहेको आइडी पोलोको एक्सटेरियरमा फ्रन्ट डिफ्यूजर, स्पोटियर अलोय ह्वील, कस्टम मेड बम्पर, माइल्ड फ्लेयर्ड आर्क र टेलगेटमा स्प्लीट स्पोइलर छ ।

आइडी पोलोको लम्बाइ ४०५३ एमएम, चौडाइ १८१६ एमएम र उचाइ १५३० एमएम हुनेछ । फक्सवागेन ग्रुपले यसलाई ‘एमइबी इन्ट्री प्लेटफर्म’मा बनाउने छ । कम्पनीले यसको टेक्नीकल डिटेल्स भने बाहिर ल्याएको छैन ।

नयाँ इलेक्ट्रीक ह्याचब्याक कारको रूपमा आउने कारमा सिंगल फ्रन्ट ह्वील ड्राइभ इलेक्ट्रीक मोटर रहने छ ।


Back_to_top