काठमाडौं । टीभीएस मोटरले १५० सीसीको पावरफुल ‘एनटर्क १५०’ स्कुटर सार्वजनिक गरेको छ ।
कम्पनीले विभिन्न नयाँ फिचरसहितको एनटर्क १५० स्कुटर भारतीय बजारमा सार्वजनिक गरेको हो । टीभीएसले स्पोर्टी प्रिमियम स्कुटर सेग्मेन्टका रूपमा टीभीएस एनटर्क १५० लाई बजारमा उतारेको हो ।
कम्पनीले एनटर्क १२५ को विस्तारित संस्करणको रुपमा एनटर्क १५० बजारमा ल्याएको हो । यो स्कुटर टीभीएसको हालसम्मकै सबैभन्दा शक्तिशाली र स्पोर्टी स्कुटर समेत हाे ।
कम्पनीले एनटर्क १५० स्कुटरमा दुई भेरियन्टमा उपलब्ध गराएको छ । कम्पनीले स्पोर्टी भेरियन्टको मूल्य १ लाख १९ लाख (एक्स-शोरुम) र टीएफटी भेरियन्टको मूल्य १ लाख २९ हजार भारु (एक्स-शोरुम) तोकको छ ।

यसमा क्वाड प्रोजेक्टर एलईडी हेडल्याम्प, धारिलो देखिने टेल-ल्याम्प, सिंगल-पीस सिट र स्प्लिट ग्र्याब रेलहरू सहितको नयाँ डिजाइन छ।
एनटर्क १५० मा १४९.७ सीसी क्षमताको एयरकुल्ड इन्जिन छ । यसले अधिकतम १३ बीएचपी पावरमा ७,००० आरपीएम र १४२ एनएम टर्कमा ५५०० आरपीएप प्रदान गर्छ । यो इन्जिन सीभीटी गियरबक्स र आइएसजी साइलेन्ट स्टार्ट प्रणालीसँग जोडिएको छ । ११५ किलो तौलका कारण यस स्कुटरले सेग्मेन्टकै उत्कृष्ट पावर-टु-वेट अनुपात हासिल गर्ने अनुमान गरिएको छ।
टीभीएस एनटर्क १५० स्कुटर निकै पावरफुल छ । यसले ०-६० किलोमिटर प्रतिघण्टाको गति ६.३ सेकेन्डमै भेटाउने कम्पनीले जनाएको छ । यसको टप स्पीड १०४ किमी प्रतिघण्टा रहेको छ ।

यसमा सिट मुनि ५.८ लिटरको इन्धन ट्यांकी राखिएको छ । साथै, २२ लिटरको अन्डर सीट स्टोरेज पनि उपलब्ध छ। यसको ह्वीलबेस एनटर्क १२५ सरह नै छ ।
कम्पनीले एनटर्क १५० मा स्ट्रीट र रेस गरी दुई राइडिङ मोड उपलब्ध गराएको छ । १२ इन्चको अलोय ह्वील रहेकाे यसकाे अगाडि डिस्क ब्रेक, पछाडि ड्रम ब्रेक र सिंगल-च्यानल एबीएस छ। साथै, ट्र्याक्सन कन्ट्रोल, एडजस्टेबल ब्रेक लिभर र ब्लुटूथ, टीएफटी डिस्प्ले छ ।

कम्पनीले एनटर्क १५० टर्बो ब्लू, स्टेल्थ सिल्भर, रेसिङ रेड र नाइट्रो ग्रीन गरी चार कलर अप्सनमा उपलब्ध गराएको छ ।
हाल नेपाली बजारमा १२५ सीसीको एनटर्क बिक्री भइरहेकाले १५० सीसीको पनि आउने अनुमान गर्न सकिन्छ ।

