काठमाडौं । हिरो मोटोकर्पले “हाम्रो परम्परा २०८२” स्किम सार्वजनिक गरेको छ । कम्पनीले वडा दशैं दिपावली तथा छठपर्वलाई लक्षित गर्दैए उक्त अफर ल्याएको हो ।
यस अफर अन्तर्गत ग्राहकले हिरोको मोटरसाइकल तथा स्कुटर गरी गर्दा स्योरसट डिजिटल स्क्रास्च मार्फत न्यूनतम ८ हजारदेखि ५ लाख रुपैयाँसम्म नगद छुट पाउने भएका हुन् ।
साथै, आफूसँग भएको पुरानो मोटरसाइकल एक्सचेन्ज गर्दा स्योरसट डिजिटल स्क्रास्चमा ८ हजार रुपैयाँ र थप रकम २०८२ रुपैयाँ गरी न्यूनतम १० हजार ८२ रुपैयाँदेखि १ लाखसम्म क्यास डिस्काउन्ट पाउने छन् ।
यस स्कीम मार्फत फाइन्नान्स सुविधमा स्कुटर तथा मोटरसाइकल खरिद गर्दा कुनै पनि सभिर्स चार्ज नलाग्ने कम्पनीले जनाएको छ ।
यो अफर भदौ १६ गतेदेखि आगामी कात्तिक २९ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।
हिरो मोटोकर्पले हालै नेपाली बजारमा जुम १२५ स्कुटर सार्वजनिक गरेको थियो । जुम १२५ मा अन्य व्राण्डको तुलनामा आकर्षक डिजाइन, १४ इन्चको रिम, ० देखि ६० किमीसम्मको स्पीड ७.६ सेकेण्डमा निधारण गर्दछ ।


