हिरो एक्सपल्समा देखियो समस्या, यसरी ठिक गर्ने तयारीमा कम्पनी

काठमाडौं । हिरो एक्सपल्समा दिइएको एबीएसमा समस्या आएपछि भारतमा कम्पनीले यसलाई निःशुल्क अर्को परिवर्तन गर्ने घोषणा गरेको छ । हिरो मोटोकर्पको पहिलाे एडभेञ्चर मोटरसाइकल एक्सपल्स २०० निकै चर्चामा रहेको मोटरसाइकल हो । यस्तोमा यसमा समस्या आएको ग्राहकको कम्प्लेनपछि कम्पनीले तुरुन्तै रिप्लेस गर्ने घोषणा गरेको हो ।

यो मोटरसाइकलमा कम्पनीले सुरक्षाकाे लागि अगाडी चक्कामा २७६ एमएम डिस्क र पछाडि २२० एमएमको डिस्क ब्रेक दिएको छ । कम्पनीले यसमा सिंगल च्यानल एबीएस दिएको छ ।

कच्ची रोडमा चलाउँदा एक्सपल्स २०० को अगाडि ब्रेकमा एबीएस जाम हुने समस्या आएको ग्राहकले कम्प्लेन गरेको भन्दै ग्राहकले कम्प्लेन गरेसँगै कम्पनीले यसको समस्या समाधान रिप्लेसबाट गर्ने जनाएको इन्डियन अटो व्लगले उल्लेख गरेको छ ।

अहिले कोरोना भाइरसको कारण भारत पूर्णत लक डाउन भएकोले लकडाउन सकिएसँगै कम्पनीले यसलाई परिवर्तन गर्ने जनाएको हाे ।

हिरो एक्सपल्स २०० नेपाली बजारमा पनि निकै राम्रो बिक्री भएको मोडल हो । यस्तोमा भारतीय बजारमा आएको समस्या नेपालमा पनि देखिए कम्पनीले यसको रिप्लेस गरिदिने संभावना रहेको छ ।

हिरोका उत्पादन नेपाली बजारमा नेपाल जनरल मार्केटिङ प्रालि (एनजीएम) ले बिक्री वितरण गर्दै आएको छ ।


Back_to_top