विराटनगर । विराटनगरमा प्रोटोनको अत्याधुनिक थ्रीएस शोरूम संचालनमा आएको छ ।
नेपालका लागि प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले देशव्यापी आफ्नो पहुँच विस्तार गर्ने क्रममा विराटनगरमा नयाँ शोरुम संचालनमा ल्याएको हो ।
नयाँ शोरुमबाट ग्राहकले विस्तृत बिक्री परामर्श, प्राविधिक दक्षतासहितको सेवा सुविधा, मूल स्पेयर पाट्र्स उपलब्धता जस्ता सम्पूर्ण सुविधाहरू एकै ठाउँमा पाउने छन् । जसले पूर्वी नेपालका प्रोटोन ईमास ग्राहकहरूलाई अझ भरपर्दो तथा सहज सेवा सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।
नयाँ शोरुमको सञ्चालनले नेपालभर एकीकृत तथा सुदृढ ईभी नेटवर्क विस्तार गर्ने प्रोटोन ईमासको लक्ष्यमा महत्वपूर्ण कदमको रूपमा योगदान पुर्याएको कम्पनीले जनाएको छ ।
नयाँ शोरुम उद्घाटन कार्यक्रममा ग्राहकलाई गाडी हस्तान्तरण, उत्पादन प्रदर्शनी तथा अन्तरक्रियात्मक सत्रहरू आयोजना गरिएको थियो ।
जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले नयाँ शोरुमले पूर्वी क्षेत्रमा सम्पूर्ण इलेक्ट्रिक मोबिलिटी इकोसिस्टम ल्याउने बताए ।
‘विराटनगर सधैं नवप्रवर्तन र प्रगतिमा अग्रणी बजार रहँदै आएको छ । यो नयाँ थ्रीएस शोरुममार्फत हामी ग्राहकलाई उत्कृष्ट सेवा, अत्याधुनिक प्रविधि र वास्तविक मूल्य प्रदान गर्दै पूर्वी क्षेत्रमा सम्पूर्ण इलेक्ट्रिक मोबिलिटी इकोसिस्टम ल्याउँदैछौं,’ उनले भने ।

